Published On:Tuesday, April 28, 2015
Posted by my storry
भूकम्पपछि साना–साना झट्का आउनु सामान्य प्रक्रियाः नाष्ट
काठमाडौं, वैशाख १५ ।
ठूलो भूकम्पपछि साना–साना झट्का आउनु सामान्य प्रक्रिया भएको भन्दै अन्य हल्लाको पछि नलाग्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आग्रह गरेको छ ।
प्रभाव क्रमशः न्यून हुँदै जाने र मुलुकमा पुनः ठूलो रेक्टर स्केलको भूकम्प आउनसक्ने तथा ज्वालामुखी विस्फोट हुनेजस्ता हल्लाको पछि नलागी वैज्ञानिक तथ्यका आधारमा सूचना ग्रहण गर्न सर्वसाधारणमा नास्टको आग्रह छ ।
गएको शनिबार गएको भूकम्प र त्यसपछिका पराकम्पलाई आधार मानेर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा थप ठूलो विपत्ति आउने हल्ला फिँजाएको कार्यलाई नास्टले ‘अनर्गल’ भएको टिप्पणी गरेको छ । हालसम्म कुनै भूकम्पको मिति, प्रकार र क्षमता आँकलन गर्न सक्ने प्रविधि विकसित भइनसकेको नास्टका सचिव डा बुद्धिरत्न खड्गेले आज विज्ञप्ती निकालेर प्रष्ट पारे ।