Published On:Thursday, April 23, 2015
Posted by my storry

हावाबाट बिजुली

परासी, ११ वैशाख । 
नवलपरासीको विकट पहाडी धैबादी गाउँ विकास समितिमा हावाबाट बिजली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका छन् । नेपालमै पहिलो पटक वायु सौर्य ऊर्जा उन्नत प्रविधि हावाबाट बिजुली निकाल्ने प्रविधि विधिबाट बिजुली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका हुन् ।
जसबाट पहाडी धौबादी गाविसका ६० घरपरिवारले बिजुली  बाल्न  पाएका छन् । जडित बायु सौर्य ऊर्जा उन्नत प्रविधिबाट १२ किलोवाट बिजुली निकालिएको हो । जसअन्तर्गत १० किलोवाट वायु ऊर्जा र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको छ । नेपालमै पहिलो पटक हावाबाट बिजुली निकाल्ने यो प्रविधि नवलपरासीको पहाडी धैबादीको रुद्रपुर गाउँमा छ । विशेष गरी नवपरासीको धैवादीलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा नमुना गाउँ बनाउने उद्देश्यका साथ एसियाली  विकास बैंकले दुई वर्षअघि सो प्रविधिको जडान गरिदिएको थियो । 
रासस

0 comments for "हावाबाट बिजुली "

Leave a reply

    Popular Posts

    Blog Archive