Published On:Monday, April 20, 2015
Posted by dadad

किन रोकियो डनमाथिको अनुसन्धान ?

०८ वैशाख, काठमाण्डौ । राजनीतिक अस्थिरता र विकृतिसँगसँगै आर्थिक अपराध तथा दुई नम्बरी धन्दा गरेर रातारात करोडपति बन्नेहरुको संख्या बढ्दो छ । तर,त्यससम्बन्धी अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भने कानमा तेल हालेर बसेको छ ।

विभाग स्थापना भएको तीन वर्ष बित्दा पनि विभागले आफैं सक्रिय भएर हालसम्म एउटा पनि घटनाको अनुसन्धान गरेको छैन । प्रहरीले प्रारम्धिक छानविन गरेर कारबाहीका लागि पठाइएका व्यक्तिहरुको फाइल समेत विभागका अधिकारीले दराजमा थन्काएर बसेका छन् ।

अपराधकै आडमा करोडपटि भएका डनहरुको अनुसन्धान समेत तीन वर्षदेखि अघि बढ्न सकेको छैन । विभागले बलराम सापकोटा बले,अजय श्रेष्ठ,महेश सिंहजस्ता व्यक्तिको कालो धन जम्मा गर्नेहरुको सबै सम्पत्ति रोक्का राखी अनुसन्धान अघि बढाएको थियो । तर,पछिल्लो समय उनीहरु आफूहरुलाई कसैले छुन नसक्ने भन्दै रेञ्जु रोभर गाडीमा बन्दुक राखेर हिँड्ने गरेका छन्,आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments for "किन रोकियो डनमाथिको अनुसन्धान ?"

Leave a reply

    Popular Posts

    Blog Archive