Published On:Thursday, April 16, 2015
Posted by dadad

खोल्साभरी 'भगवान भेटिएपछि' पूजा गर्नेको भींड

४ वैशाख, हेटौडा । हेटौंडाबाट १३ किलोमिटर पश्चिमको एउटा खोल्साभरी विभिन्न आकृतिका पत्थर फेला परेपछि पूजागर्नेको भीड लाग्न थालेको छ।

पूर्वपश्चिम राजमार्गको सान्नानीटारबाट दुई किलोमिटर उत्तरतर्फको खोलाका ढुंगामा यस्ता आकृति फेला परेपछि स्थानीयले बुधबार मूर्तिका प्राणप्रतिष्ठा पनि गरेका छन्।

स्थानीयले गत मंसिर १२ गते खोल्साका हरेक ढुंगामा विभिन्न आकृति रहेको फेला पारेका थिए। उमामहेश्वर नीलकण्ठ ज्योतिर्लिंग नाम राखेर बुधबार धार्मिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको स्थानीय हरिशरण थापाले बताए।

स्वस्थानी व्रतकथाअनुसार सतिदेवीको अंगपतन भएको स्थानमध्य यो पनि एक भएको र आफूलाई सपनामा यो स्थानमा उत्खनन गरेर संरक्षण गर्न आदेश भएको आफूलाई शिवभक्त बताउने एक स्थानीयले जानकारी दिए। देवता र दानवबीच भएको लडाइँमा प्रयोग भएका विभिन्न हतियारको आकृति उक्त स्थानमा देख्न सकिन्छ।

सान्नानीटारवासीले बर्षौंदेखि खानेपानीको मुहानको रूपमा प्रयोग गर्दै आएको खोल्सामा अलौकिक आकृति फेला परेको कारण संरक्षणको प्रयास थालिएको उनीहरूले बताए। वरिपरि रूखले घेरिएको तीन बिगा जतिको चौरमा कुनै पनि बोटबिरुवा उम्रिएका छैनन्।

हेटौंडा(भरतपुर प्रसारण लाइन विस्तार गर्न प्रस्ताव गरिएको सामुदायिक वन क्षेत्रमा पर्ने खोल्सामा मन्दिर निर्माण गरी संरक्षणको प्रयास थालिने स्थानीयले बताएका छन्।

राजमार्गबाट आधा घन्टाको पैदल दूरीमा रहेको चनौटा जंगलको बीचमा रहेको खोल्सामा नियमित रूपमा पूजाआजा गर्न थालिएको सान्नानीटारका लक्ष्मण अधिकारीले बताए। स्थानीयवासीले चन्दा उठाएर बुधबार रुद्राभिषेक, प्राणप्रतिष्ठालगायतका कार्य गरेको अधिकारीले जानकारी दिए।
हेटौंडा : हेटौंडाबाट १३ किलोमिटर पश्चिमको एउटा खोल्साभरी विभिन्न आकृतिका पत्थर फेला परेपछि पूजागर्नेको भीड लाग्न थालेको छ।

पूर्वपश्चिम राजमार्गको सान्नानीटारबाट दुई किलोमिटर उत्तरतर्फको खोलाका ढुंगामा यस्ता आकृति फेला परेपछि स्थानीयले बुधबार मूर्तिका प्राणप्रतिष्ठा पनि गरेका छन्। 
 
स्थानीयले गत मंसिर १२ गते खोल्साका हरेक ढुंगामा विभिन्न आकृति रहेको फेला पारेका थिए। उमामहेश्वर नीलकण्ठ ज्योतिर्लिंग नाम राखेर बुधबार धार्मिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको स्थानीय हरिशरण थापाले बताए। 
 
स्वस्थानी व्रतकथाअनुसार सतिदेवीको अंगपतन भएको स्थानमध्य यो पनि एक भएको र आफूलाई सपनामा यो स्थानमा उत्खनन गरेर संरक्षण गर्न आदेश भएको आफूलाई शिवभक्त बताउने एक स्थानीयले जानकारी दिए। देवता र दानवबीच भएको लडाइँमा प्रयोग भएका विभिन्न हतियारको आकृति उक्त स्थानमा देख्न सकिन्छ। 
 
सान्नानीटारवासीले बर्षौंदेखि खानेपानीको मुहानको रूपमा प्रयोग गर्दै आएको खोल्सामा अलौकिक आकृति फेला परेको कारण संरक्षणको प्रयास थालिएको उनीहरूले बताए। वरिपरि रूखले घेरिएको तीन बिगा जतिको चौरमा कुनै पनि बोटबिरुवा उम्रिएका छैनन्। 
 
हेटौंडा-भरतपुर प्रसारण लाइन विस्तार गर्न प्रस्ताव गरिएको सामुदायिक वन क्षेत्रमा पर्ने खोल्सामा मन्दिर निर्माण गरी संरक्षणको प्रयास थालिने स्थानीयले बताएका छन्। 
 
राजमार्गबाट आधा घन्टाको पैदल दूरीमा रहेको चनौटा जंगलको बीचमा रहेको खोल्सामा नियमित रूपमा पूजाआजा गर्न थालिएको सान्नानीटारका लक्ष्मण अधिकारीले बताए। स्थानीयवासीले चन्दा उठाएर बुधबार रुद्राभिषेक, प्राणप्रतिष्ठालगायतका कार्य गरेको अधिकारीले जानकारी दिए। 
- See more at: http://annapurnapost.com/News.aspx/story/10491#sthash.OFpKjgbu.XdWuoTuw.dpuf

0 comments for "खोल्साभरी 'भगवान भेटिएपछि' पूजा गर्नेको भींड"

Leave a reply

    Popular Posts

    Blog Archive