Published On:Monday, April 20, 2015
Posted by dadad
अख्तियारमा लोकमानको मनपरि
०८ वैशाख, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी व्यवस्थाबिनै प्रमुख सल्लाहाकारसहित ठूलो संख्यामा विज्ञ नियुक्त गरी लामो समयदेखि तलब–सुविधा दिँदै आएको पाइएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले केशव भट्टराईलाई प्रमुख सल्लाहाकार नियुक्त गरी विशिष्ट श्रेणीसरहको तलब सुविधा दिइरहेका छन् । अख्तियारमा प्रमुख सल्लाहाकार या सल्लाहाकार राख्ने कानुनी व्यवस्था छैन ।
कार्कीले विज्ञका नाममा दर्जनभन्दा बढीलाई जागिर दिएका छन् । विज्ञका रुपमा निरञ्जन बराल, कृष्णबाबु तिवारी, कोमलप्रकाश घिमिरे, भानुभक्त पोखरेल, समीर सिलवाल, बालचन्द्र आचार्य, रवीन्द्रलाल श्रेष्ठ, उदय निरौलालगायतलाई नियुक्त गरिएको छ । सरकारी सेवामा रहँदा खासै योगदान नभएकाहरुले पनि अख्तियारको विज्ञ बन्ने अवसर पाएका छन् । ‘अख्तियार ऐनमा मुद्दाको छानबिनमा आवश्यक हुँदा केस विशेषका लागि मात्र विज्ञ नियुक्त गर्न सकिने व्यवस्था छ, तर जागिर नै दिनेगरी लामो समय विज्ञ राख्ने व्यवस्था छैन,’ अख्तियारकै एक अधिकारीले भने,‘प्रमुख सल्लाहाकार नियुक्त गर्ने त प्रावधानै छैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।