Published On:Monday, April 27, 2015
Posted by Tekman Shakya

अपडेटः भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार पुग्यो !

काठमाडौं, १४ वैशाख । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार शनिबार भएको महाभुकम्पमा परि मृत्यु हुनेको संग्या ४ हजारको हाराहारीमा पुगेको छ । भुकम्पमा परि ३ हजार ९ सय ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । ७ हजार १ सय ८० जना भन्दा बढि घाईते छन् ।

भुकम्पमा परी काठमाडौंमा उपत्यका अन्तर्गत काठमाडौंमा ९ सय ३०, ललितपुरमा १ सय ५७ र भक्तपुरमा २ सय ४० जना मृत्यु भएका छन् । यस्तै पूर्वमा भोजपुरमा २, सुनसरीमा ७, सोलुखुम्बुमा २२, ताप्लेजुङमा १, मोरङमा २ र सप्तरीमा १ जना गरी ५१ जना मृत्यु रहेका छन् ।

यस्तै मध्ये क्षेत्रमा रामेछापमा २६, सिन्धुपाल्चोकमा १ हजार ३२,  धनुषामा १, मकवानपुरमा ३५, रसुवामा १ सय ५१, दोलखामा ५०, काभ्रेमा २ सय २७, चितवनमा ५, नुवाकोटमा ४ सय ४८, धादिङमा २ सय २९, सिन्धुलीमा ९, बारामा ५, पर्सामा ३, सर्लाहीमा १ र रौतहतमा १ जना गरी २ हजार २ सय ९३ जना मृत्यु भएका छन् ।

यस्तै पश्चिम क्षेत्रमा गोरखामा २ सय २३, कास्कीमा २, नवलपरासीमा १, तनहुँमा १ र लमजुङमा ४ गरी २ सय ३१ जनाको मृत्यु भएको छ । मध्य पश्चिम क्षेत्रमा रोल्पामा १ र रुकुममा १ गरी दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

0 comments for "अपडेटः भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार पुग्यो !"

Leave a reply

    Popular Posts

    Blog Archive