Published On:Friday, April 17, 2015
Posted by my storry
प्रधानमन्त्री कोईरालाले भनेः निराश नहुनुहोस, म साथमा छु
प्रधानमन्त्री सुशील कोइरालाले समाज र मुलुकलाई सुधार गर्ने व्यक्तिहरु कहिल्यै निराश हुन नहुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार भेटघाटका लागि गएको दायित्व अभियानका प्रतिनिधिसंग प्रधानमन्त्री कोईरालाले भने “ खोजेजस्तो परिणाम नआएर निराश त हुनु भएको छैन? निराश नहुनुहोला म तपाईहरुको साथमा छु ।”
दायित्व अभियान विदेशमा अध्ययन सकेका नेपाली विद्यार्थीहरुले स्वदेशमा फर्केर मुलुकलाई आवश्यक परेका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले स्थापित र सञ्चालित स्वयंसेवी गैर सरकारी संस्था हो ।
यसले विदेशमा उच्च शिक्षा हासिल गरेका नेपालीहरुलाई स्वदेशमा फर्काएर नेपालका ठाँउ ठाँउमा सामूहिक उद्यमशीलता विकास, विद्यायिकाका सभासद्हरुलाई उनीहरुको काममा सघाउने स्वयंसेवी सहयोगीको व्यवस्था, सरकारी निकायहरुमा स्वयंसेवी उपलब्ध गराएर व्यक्ति र संस्थालाई सबल बनाउन सहयोग गर्दै आएको छ ।
अभियानले अहिले नयाँ घर कार्यक्रम अन्तरगत पाल्पामा सामुदायिक उद्यमशीलता कार्यक्रम सञ्चालन गरेको छ ।
भेटमा अभियानको तर्फबाट डा. श्रेष्ठ सहित बुसन पि.के.डी प्रसाई, क्षितिज वस्याल, तारा प्रसाद पन्थि, प्रजेसलाल श्रेष्ठ, छिरिङ शेर्पा लगाएतको सहभागिता थियो ।