Published On:Friday, April 24, 2015
Posted by dadad

झोलामा के छैन !

संगम महत,
गत वर्ष प्रर्दशनमा आएर देश विदेशमा चर्चा बटुल्न सफल नेपाली चलचित्र हो झोला । झोलामा के छ भन्ने कुरा धेरै पटक हैन पटक–पटक लेखिएको विषय हो । के ? झोलामा पत्रकारले लेखेजती र निर्माता निर्देशकले भनेजति सवै छ त ? यो प्रश्न हो वा होईन जे होस चलचित्रको विषयमा चिन्ता र चासो राख्नेका लागि यो छलफलको विषय हो ।

स्वदेश देखि विदेश सम्म आफुलाई अब्वल दर्जामा उभ्याउन सफल झोला चलिचित्रको विषेश शो हेर्न कुमारी हलमा वैशाख १० गते विहान साढे ८ बजे पुगेको म नौ बजेबाट सुरु भएको झोला हेर्न सहभागि भए ।

जसमा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री वालकृष्ण खाड देखी, फिल्मकर्मी, पत्रकार र अरु पनि केही आम नागरिकको सहभागिता थियो ।
उत्कृष्ट अवार्ड पाएको चलचित्र खुब साज सज्जा होला भन्ने परिकल्पनाका साथ त्यस सोका लागि पुगेको म चलचित्र हेरेर फर्केपछि केही कुरा लेख्नै पर्ने अवस्थामा पुगे जुन मैले चलचित्रमा देखे ।

मैले उठान गर्न खोजेको विषय हो के छैन झोलामा ः 
हो झोलामा केही छैन भन्ने हरुपनि र सवै छ भन्ने हरु पनि छन् । कुरा यक्ति फरक हो की तपाई कुन पक्ष र पाटोबाट त्यसलाई ग्रहण गर्नुहुन्छ र हेर्नुहुन्छ । हो झोला चलिचित्र ति कुराहरु केही नभएकै कारण राम्रो भएको छ । यदी ति राम्रो छैन भन्नेहरुले भनेका कुरा झोलामा हुँदो हो त सायद कुनै सिमितमा रहन्थ्यो होला । तर त्यही आफुलाई फरक देखउनेहरुका विच अझ फरक भएकै कारण झोलाको उचाई अहिलेको अवस्थामा पुगेको हो ।
झोलामा सुरुवात देखि अन्तसम्म प्रयोग गरिएको पृष्ठ संगीतमा कुनै नयाँ र नौला बाजाको प्रयोग गरिएको छैन ।
कथा, पात्र, परिवेश र कथानकलाई जीवन्त राख्न यो संगीतले सहयोग गरेपनि डिस्को र बढि बढि संगीत थोपरेर राम्रो हुन्छ भन्ने हरुलाई यसले नछोएको हुनसक्छ जुन कुरा यसमा छैन ।
अर्को झोलामा पछिल्लो समयका चलचित्र जस्तो तडक भडक पन कहिँ कतै छैन । चलचित्रमा सुन्नै नसकिने शब्द, हेर्ने नसकिने दृष्य, कथा, पात्र, परिवेश नमिले पनि जवरजस्त मिलाउने प्रयास कहि कतै देखिएन ।
चलचित्रमा आधुनिक मेक अपको कुनै प्रयास गरिएको छैन ।
पछिल्लो समय विकास भएको कथाले मागे पछि भन्ने शब्दलाई सापटि ल्याउँदा चलचित्रमा कतै न कतै त्यस्तो दृष्य र सम्वाद राख्न सक्ने प्रसस्त ठाउँहरु हुँदा हुँदै पनि ति सवै कुराहरुवाट वढो सचेताका साथ चलचित्रलाई निर्देशक भट्राईले राखेनन् । जुन कुरा यस चलचित्रमा देख्न पाईएन ।
कस्तो चलचित्र न नयाँ–नयाँ संगीत सुन्न पाईयो, न भाषा, न त ठूला ठूला महलको दृष्य । गाउँ समाज सम्म पनि विकासले छोएको समयमा कलाकारले प्रयोग गर्ने लगााई र खवाई र त्यसमा प्रयोग गरिएका सामग्रीमा पनि कुनै नयाँ पन देख्न पाईन । यदी अहिलेकै चलचित्रले प्रयोग गर्ने कुरा प्रयोग गरेको भए झोला हुन्थेन ।
पछिल्ला केही चलचित्रमा मैले देख्ने गरेको छु गीतको सुटिङ छ त्यँहा चारैतर्फबाट गाडीले घेर्नुपर्ने कुनै आवश्यकता छैन र गीतको भाव पनि त्यसमा देखिदैन तर १५,२० वटा गाडीको गोलो घेरा वनाएर नचिएको छ । समय, सन्र्दभ र परिवेस एंव परिस्थिति नमिलाउने प्रवृतिमा अभ्यास्त हुँदै गएका दर्शकलाई झोलाले ति सवैमा विषेश ध्यान दिएर अन्याय गरेको छ ।

चलचित्र हेरेपछि के छ त झोलामा 
कथाले भनेको तत्कालिन समयको संस्कार, संस्कृति, परम्परा, रितिरिवाज र चालचलनलाई आधुनिक पात्रले न्याय गर्नु चुनौति हुँदा हुँदै पनि यि सवै विषयमा कलाकारले न्याय गरेका छन् ।
भाषा, चलचित्रमा प्रयोग भएको भाषामा ठेट शब्दको प्रयोग सहित त्यस अवस्थाको लवजलाई अनुभव गराउन कुनै कञ्जुस्याई गरिएको छैन ।
कथा अनुसारको दृष्य लवाई, खवाई, हिडाई, वोलाई सवैलाई सकेसम्म सिलसिलावद्ध रुपमा राख्ने प्रयास गरिएको छ ।
नेपाली फिल्ममा अर्को मुख्या समस्या देखिने डविङलाई पनि यस चलचित्रमा विषेश ध्यान दिएको पाईन्छ । लिपसिंग नमिल्ने समस्याबाट अनुपातमा चलचित्र धेरै माथी छ ।
पछिल्लो समय विकास भएको चलचित्र निमार्णको सोचलाई यू टर्न गराउनका लागि झोलाले महत्वपूर्ण भूमिका खेलेको महशुस भएको छ ।
चलचित्रमा बढि प्रयोग गरिने भौतिक द्धन्दलाई यस चलचित्रमा न्यायिक द्धन्दमा राखिएको छ । जुन महिलाले वाच्न पाउने अधिकारको लडाई प्रमुखताका साथ उठान गरिएको छ ।

अन्त्यमा ,
कपडा जति सेतो हुन्छ त्यती सानो–सानो दाग देखिन थाल्छ । यो स्वभाविक पनि हो । त्यसैले गुण र अवगुण विहिन सायदै कुराहरु होलान यो धर्तीमा । सर्व गुण युक्त केही र कुनै कुरा नहुने भएपछि झोला पनि त्यसबाट अछुतो छैन । तर जे होस पछिल्लो समय यौन मनोविज्ञानमा आधारीत चलचित्र निमार्णको भिडमा अलिक फरक कुरा उठान गर्दा पनि सफल भईदो रहेछ भन्ने उदाहरण पेश गर्न झोला सफल भएको देखिन्छ ।
झोला र झोला जस्तै अन्य जे जति फल्मले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आफुलाई अब्बल वनाउन सफल भएका छन् त्यस्तै अरु चलचित्रको पनि विकास होस ।
दोस्रो पटक पर्दशनमा आएको झोला र झोलाको सम्पूर्ण समुहलाई बधाई ।

0 comments for "झोलामा के छैन !"

Leave a reply

    Popular Posts

    Blog Archive