Published On:Thursday, April 23, 2015
Posted by my storry
पारिवारीक खेती गर्ने १४ जना किसान सम्मानीत
काठमाडौं, बैशाख १० ।
विभिन्न पारिवारीक कृषि व्यवसायमा संलग्न ५ विकास क्षेत्रका उत्कृष्ट १४ जना कृर्षकहरुलाई आज एक कार्यक्रमका विच कृषि सचिव उत्तम कुमार भट्राईले कृषि विकास मन्त्रालयमा सम्मान तथा अनुदान हस्तान्तरण गर्नुभएको हो ।
पूर्वमा महारानी ३ झापाका गाई पालन तथा मौसमी तरकारी व्यवसाय गर्दै आएका युवा कृर्षक हेमराज विष्ट, मध्यमाञ्चलमा गाई पालन तथा तरकारी खेति गर्दै आएका चितवनका जनक शिवाकोटी, वाख्रा पालन तथा तरकारी खेती गर्दै आएका धनुसाको जनकपुरका मोहम्मद गफुर राईन, उन्नत जातका बाख्रा पालन गर्दै आएका धादिंगका बलराम धमला, फलफुल, तरकारी तथा बाख्रा पालन व्यवसायमा संलग्न धादिंगकी सम्झना पण्डीत लामिछाने, बाख्रा पालन व्यवसाय गर्दै आउनु भएका अर्जुन प्रसाद खनालले सम्मान तथा अनुदान प्रदान गरिएको हो ।
मध्यपश्चिममा सुर्खेतको लाटिकोईलिमा गाई पालन गर्दै आउनुभएकी निता कुमारी चन्द, वंगुर पालन गर्दै आउनुभएका बाँकेका हरिश्चन्द्र के.सीलाई सम्मान तथा अनुदान प्रदान गरिएको छ ।
सूदुरपश्चिममा वंगुर तथा तरकारी खेतीमा संलग्न राम प्रसाद जैशी र कञ्चनपुर सुडाका रामसिंह धामीलाई सम्मान तथा अनुदान प्रदान गरिएको छ ।
कार्यक्रममा किसानहरुले सरकार र पारीवारीक खेतीवर्ष २०१४ ले आप्mनो व्यवसायलाई अझै राम्रो वनाउनका लागि गरेको सहयोग सहनिय रहेको बताएका छन् ।
कृषको स्तर उन्नतीका लागि सरकारी र सरोकारवाला निकायबाट भएको सहयोग राम्रो भएपनि उत्पादनको एकीकृत विक्रि केन्द्र वन्न नसकेको, बजारको समस्या, सडक सञ्जालको विस्तार आवश्यक रहेको बताएका छन् ।
अन्तराष्ट्रिय पारिवारीक खेती वर्ष २०१४ को कार्यन्वयन समितिले कृषकको व्यवसाय र आगामी योजनाको आधारमा स्थलगत अवलोकनपछि उत्कृष्ट ठहरीएका किसानहरुलाई सरकारको सहयोगमा २ लाखका दरले अनुदान प्रदान गरिएको हो ।
कार्यक्रममा के भने सचिवले
परिवारिक खेती वर्ष सन् २०१४ को अवसरमा देशका ५ वटै विकास क्षेत्रका १४ जना कृषकलाई अनुदान वितरण एंव सम्मान कार्यक्रममा बोल्दै सचिवले कृषिमा आत्मनिर्भर हुन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालीलाई चाहिने खाद्यन्न आफैं उत्पादन गर्न सकौैं, यसो गर्न सके मात्र आर्थिक विकास संभव छ’ । कृषिको बिकास नभई देशको विकास हुन नसक्ने भएकाले कृषिको व्यवसायिकरणका लागि कृषक अग्रसर हुनुपर्नेमा सचिव भट्टराईले जोड दिनुभयो ।
‘पारिवारिक खेतीसँगै कृषिको व्यवसयीकरण गर्न सके कृषिको परनिर्भरता अन्त्य गर्न सकिने उहाँको भनाई थियो । श्रम बजारमा आउने चार लाख युवा नै वैदेशिक रोजगारीमा जानु र कृषिमा युवा अग्रसर हुन नसक्नु दुःखद भएको बताउनुभयो । डा. केशब खड्काले कृषिमा सम्भावना खोज्नेहरुको संख्या वृद्धि हुँदै जानु यस क्षेत्रका लागि सन्तोष जनक कुरा रहेको बताउनुभयो । उँहाले युवा विदेश पलाएन हुने क्रम शुन्यमा झार्न सरकारले कृषि क्षेत्रलाई प्रमुख प्रथमिकतामा राखेर योजना तर्जुमा गर्नुपर्ने र त्यही अनुसार वजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । खड्काले पारिवारिक खेतीमा लागेपछि सामान्यतय घरपरिवारलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्न सकिने बताउनुभयो । उँहाले सबैले पारिवारीक खेती अनुसरण गर्न सके अहिलेको आयतमा ५० प्रतिशत प्रतिस्थापन गर्न सकिने बताउनुभयो ।
नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकले पारिवारिक खेतीले परनिर्भता हटाई आत्मनिर्भर वन्न सहयोग पुगेको बताउनुभयो । आप्mनै उत्पादन उपभोग गर्न सके विभिन्न समयमा लाग्ने रोग र संक्रमणबाट वच्न सकिने भन्दै उँहाले पारिवारीक खेती यसको राम्रो उदाहरण रहेको बताउनुभयो ।
अध्यक्ष पाठकले सबैले व्यवसायीक कृषि अंगाल्न नसेपनि अधिकांशले पारिवारिक खेती अबलम्बन गर्न सके कृषिको परनिर्भरता घट्ने बताउनुभयो ।