Published On:Sunday, May 31, 2015
Posted by dadad
सरकारका विषयमा कांग्रेस-एमालेबीच विवाद

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा कांग्रेसले दुइटा विकल्प अघि सारेको छ । जसमा, पहिलो विकल्प बर्तमान प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा सवै राजनीतिक दललाई सामेल गराई तत्काल राष्ट्रिय सरकारको स्वरुप दिने ।
यो विकल्पमा जाँदा नयाँ संविधानमा सबैको अपनत्व हुने र संविधानका अन्तर्वस्तुमा समझदारी जुटाउन पनि सहज हुने कांग्रेसको तर्क छ ।
यसमा सहमति नबने कोइराला नेतृत्वको विकल्पमा निर्माण हुने राष्ट्रिय सहमतिको सरकार संविधान जारी भएपछिमात्रै हुने सक्ने कांग्रेसको प्रस्ताव छ । त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाले असार मसान्तभित्र 'फास्ट ट्रयाक'बाट संविधान जारी गर्ने र लगतै आफूले राजीनामा दिने धारणा बैठकमा राखेको स्रोतले बतायो ।