Published On:Monday, May 18, 2015
Posted by dadad
सुत्केरीले खानसमेत पाएनन्

उनले पर्याप्त खाना खान नपाएर बच्चालाई पुग्ने गरी दुध आइरहेको छैन ।
दोलखा चरिकोटकी उनी १२ गतेको भुइचालोपछि पालमा बसिरहेकै बेला उनलाई
सुत्केरी बेथा लागेको थियो रे । बच्चा जन्माउनका लागि गत मंगलबार बिहान
थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी उनलाई भुइचालोपछि अस्पतालले
फर्काइदिएको थियो । 'भुइचालोको धक्काको त्रासमा दुई दिन बेथाले छटपटाउँदै
पालमै बसें,' उनले भनिन्, 'बिहिबार मात्र अस्पताल पुगेपछि बच्चा जन्मियो ।'
'दुख कष्ट सहेर बच्चा त जन्मियो अहिले न त कपडा छ न खाना नै,' उनले भनिन्,
'एउटा संस्थाले एक सरो कपडा र दिनको एक पटक खाना दिनुभाछ । अरु कसैले केही
दिएको छैन ।'