Published On:Sunday, May 31, 2015
Posted by dadad
चिरा प¥यो के गर्ने
धादिङको खाल्टे गाँउ विकास समिति वडा नं ६ जोगीडाँडामा भुकम्पको कारण जमीनमा परेको चिरा, भुकम्पको कारण ३६ घर धुरी भएको यो गाँउमा १० जनाले ज्यान गुमाएका छन् भने सयौ पशु पंक्षी समेत मरेका थिए । भुकम्पले यो गाँउमा रहेको सबै घर धुरी जगैसम्म सम्म ढलेको छ । सबै अन्नपात पुरीएपछि भुकम्प पछिको ३ दिन सम्म याहाँका बासिन्दा भोक भोकै बस्न बाध्य भएका थिए । बर्खा लागेसंगै पहिरोको
डरले याहाँका बासिन्दालाई पिरोलेको छ । तस्विर प्रमोद भट्ट