Published On:Tuesday, May 26, 2015
Posted by Tekman Shakya
रोयल्टी बापतको रकम समयमा नबुझाएकोले एभिन्युज टेलिभिजनको इजाजत खारेज !
कृष्ण आचार्य
न्युज प्रसारणमा अग्रणी भुमिका खेलीरहेको एभिन्युज टेलिभिजनको इजाजत पत्र नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले खारेज गरेको छ ।
आर्थीक वर्ष २०६९÷७० को रोयल्टी बापतको रकम समयमा नबुझाएकोले इजाजत पत्र सरकारको नियम बमोजिम खारेज भएको सूचना तथा सञ्चार मन्त्रालयका उप सचिव कृष्ण पोखरेलले हामीलाई जानकारी गराउनु भयो ।
उहाका अनुसार नियम बमोजिम इजाजत पत्र खारेज भएको हुँदा अब सरकारले लिने निणर्य बमोजिम अगाडि बड्ने प्रावधान रहेको उहाँले जानकारी गराउनु भयो ।
हरेको आर्थिक बर्षको आय व्यय बापतको रोयल्टी नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयलाई पुस मसान्त भित्रमा बुझाइसक्नु पर्ने प्रावधान रहेको छ ।