Published On:Monday, May 18, 2015
Posted by Tekman Shakya

५ माओवादीले के के निर्णय गरे ? (विज्ञप्ती सहित)

४ जेष्ठ काठमाडौं । ५ माओवादी कार्यगत एकता समितिले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाण तथा पुनःस्थापनाका लागि १५ दिने अभियान संचालन गर्ने भएको छ । 

एकिकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल निबास लाजिम्पाटमा आज बसेको बैठकले यहि जेठ १० गतेदेखि अभियान सुरु गर्ने निर्णय गरेको हो । पाँच माओबादिको संयुक्त बैठकले अस्थायी बासस्थान निर्माण, स्वास्थ्य चौकी निर्माण, विद्यालय निर्माण लगायतमा आफ्ना कार्यकर्ता परिचालन गर्ने बताएको छ । 

अभियानमा मुख्य नेताहरु हरेक जिल्लाहरुमा परिचालित हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिब मणि थापाले जानकारी दिए ।

बैठकमा एकिकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, मातृका यादब नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकिकृत सहभागि थिए ।

0 comments for "५ माओवादीले के के निर्णय गरे ? (विज्ञप्ती सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive