Published On:Monday, May 18, 2015
Posted by dadad
सिलाई कटाईनै वन्यो ,जीउने आधार
हेमन्त के सी
जेठ ५ (रोकायगाउँ) जाजरकोट । सधै दमाई जातीले मात्र सिलाएको कपडा लगाउने यहाँका अधिकांश रोकायगाउँका स्थानियहरु अहिले लेकवहादुर नेपालीले कपडा सिलाएको देख्दा अनौठो मान्दै कपडा सिलाउन वाध्य छन् ।
वर्षेनी खलो स्वरुप अन्न दिएर दुई दिन लगाई नायकवाडाको सिलीगीचौर आएर कपडा सिचाउने यहाँका स्थानियहरु अहिले तालिम प्राप्त लेक वहादुरले गाउँमै कपडा सिलाएर दिदा खुसी मात्र छैन्न , समय वचत भएको कारण अन्य काम गर्न पाएका वताउछन् ।
रोकायगाउँ ५ का लेकवहादुर नेपाली परिवार पाल्न मस्किल भएका कारण भारत जाँने आउने गनुहुन्थ्यो । ६ महिना पहिले लेकवहादुरले सदरमुकाम आएर पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना (उपाप) ले दिएको तीन महिने तालिम संगै कपडा सिचाउने मेसीन दिएर थियो ।
उहाँले मेसीन संगै निशुल्क सिप पाएपछि जीवन जिउने आधार तयार भएको हो । आर्थीक अभावका कारण तालिम लिन वाट वन्चित नेपाली लाई उपपाले तालिमको व्यवस्था जुटाएपछि परिवार पाल्ने आधार खुलेको हो ।
लेकवहादुर अहिले दैनिक आप्ना समस्या तादै छोरा छोरीलाई पढाई लेखाई समेत गर्न सफल हुनुभएको छ । सिलाई कटाई सिकेपछि उहाँ घर परिवार संग मिलेर माया साट्दै वस्न पाउनु भएको छ । अहिले दैनिक ५ सय भन्दा माथी कमाई हुने गरेको नेपालीको भनाई रहेको छ ।
सिप सिकेपछि रोजगारी आफै सिर्जना हुने रहेछ भन्दै उहाँ अहिले रोकायगाउँ गाविसकै एक्लो कपडा सिलाउने व्यक्ती हुनु भएको छ । परिवारका दैनिक समस्या टादै अहिले स्थानिय ग्रामीण विकास कृषि सहकारी संस्थामा खाता खोली पैसा जम्म गर्न सम्म उहाँ सफल हुनु भएको छ ।