Published On:Sunday, May 24, 2015
Posted by dadad

दशरथ रङ्गशालामा सिर्जनात्मक बाल चित्रकला

१० जेठ, काठमाडौँ । विपत्मा ललितकलाकर्मीको हातेमालो अभियानले त्रासमुक्त वातावरण बनाउनका लागि सिर्जनात्मक बाल चित्रकला कार्यशाला आज आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आश्रय लिएर बसेका बालबालिकालाई ‘बालबालिकासँगसँगै कला सृजना, भयमुक्त वातावरण हाम्रो अभियान’ भन्ने नाराका साथ सो कार्यशाला आयोजना गरेको हो ।

उक्त बाल चित्रकला कार्याशालामा ६७ जना बालबालिकाले प्रकृतिजन्य रमणिय बातावरणको परिकल्पना गर्दै थरीथरीका रङ्गले नयाँ नेपाल झल्कने चित्रहरु सृजना गरेका थिए ।

उक्त कार्यक्रममा सृजना गरेका चित्रहरुको प्रदर्शनीसमेत गरिएको थियो । कला कार्यशालामा भाग लिएका ६७ जनामध्ये स्वेच्छा रोक्का, खुसी यादव, जस्मिन ढकाल, अजित लामा, रवीन श्रेष्ठलाई उत्कृष्ट घोषणा गरी पुरस्कारसमेत प्रदान गरिएको थियो ।

सो अवसरमा वरिष्ठ कलाकारहरु नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, शान्तकुमार राई, सुरेन्द्र प्रधान र प्राज्ञ सभाषद् ज्योतिप्रकास विकले प्रशिक्षणसमेत दिएका  थिए ।

बालबालिकालाई थप चित्र सृजना गरुन् भनेर रङ र कागज पनि प्रदान गरिएको थियो ।

उक्त अभियानका अन्य कार्यक्रमहरु क्रमश भक्तपुर, ललितपुर र कीर्तिपुरका विभिन्न आश्रयस्थलमा रहेका बालबालिकालाई लक्षित गरी उनीहरुलाई सहभागी गराउने संयोजक शान्तकुमार राईले बताए ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले बालाजुको बाइसधारामा रहेका २०० बालबालिकालाई विभिन्न खानेकुरा आज प्रदान गरेको छ ।

पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले ती बालबालिकालाई खाद्य सामग्री प्रदान गर्दै भूकम्पका कारण अहिले बालबालिकामा देखिएको त्रास तथा तनावलाई खेलकुद, चित्रकला तथा मनोरन्जन र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउन खाँचो रहेको बताए।

उनले सरकारले सम्पूर्ण विद्यालयका भवन अविलम्ब अनुगमन गर्नुपर्नेमा जोड दिँदै अब विस्तारै जनजीवन सामान्य बन्दै गएको भए पनि विद्यालयको भौतिक पूर्वाधार सुरक्षित भएपछि मात्र उनीहरुलाई विद्यालय पठाउनु पर्ने बताए । रासस

0 comments for "दशरथ रङ्गशालामा सिर्जनात्मक बाल चित्रकला"

Leave a reply

    Popular Posts

    Blog Archive