Published On:Tuesday, May 26, 2015
Posted by Unknown
भूकम्पले मूल सुकेपछि ७१५ घरधुरी र छ विद्यालयमा खानेपानीको हाहाकार
१२ जेठ , अर्घाखाँची । काठमाडाँैका विभिन्न स्थानमा पानी आउन छाडेका
ढुङ्गेधारामा पानी आएको बताइरहेका समयमा भूकम्पले अर्घाखाँचीमा एक
राष्ट्रिय योजनाको खानेपानीको मुहान सुकेको छ ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट अर्घाखाँचीको ढाकाबाङ गाविसमा ३० वर्षदेखि ७१५ घरधुरीले उपभोग गर्दै आएको खानेपानीको मुहान सुकेको खानेपानी उपभोक्ता समितिका सचिव नारायण खनालले बताउनुभयो ।
ढाकाबाङ गाविसका आठवटै वडाका झन्डै सात सय १५ घरधुरी, पाँच सरकारी विद्यालय र एक बोर्डिङ स्कुललाई पुग्ने खानेपानी आउने गरेकामा पानी एक्कासि आउन छाडेपछि स्थानीय बासिन्दा आश्चर्यचकित भएका छन् ।
गोखुङ्गा गाविसको सेपानीमा रहेको मुहानबाट ढाकाबाङ गाविसमा खानेपानी पु¥याउनका लागि पाँच वर्ष लागेको थियो । २०३८ सालमा सुरुवात भएको योजना २०४२ सालमा सम्पन्न भएपछि ढाकाबाङ गाविसका स्थानीय बासिन्दाले ३० वर्षदेखि खानेपानीको उपभोग गर्दै आएका थिए ।
वडाका ८२ धारामा पानी आउने मुहान सुकेर पानी आउन छाडेपछि अहिले ढाकाबाङका स्थानीय बासिन्दाले पँधेरो र खोलाको पानी खान बाध्य भएका छन् । जिल्ला खानेपानी सरसफाइ कार्यालयको टोलीले पनि सुकेको पानीको मुहानको निरीक्षण गरेर फर्किएको छ । मुहानमा पानी सुकेको र उपभोक्तामा खानेपानीको समस्या देखिएको निरीक्षणमा गएकी प्राविधिक तारा केसीको भनाइ छ । ढाकाबाङ गाविसका स्थानीय बासिन्दा अहिले कल्पनै नगरेको पानीको मुहान सुकेपछि अचम्मित भएका छन् । रासस