Published On:Monday, May 18, 2015
Posted by dadad

६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि

काठमाडौं, जेठ ४ – उच्च माध्यामिक शिक्षा परिषदले कक्षा ११ र १२ को स्थागित भएको परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । परिषदको सोमबार बसेको बैठकले भूकम्पले बढी प्रभावित भएका सात जिल्ला बाहेकका ६८ जिल्लाका लागि नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।
६८ जिल्लामा कक्षा १२ को परिक्षा जेठ २० गतेबाट तथा कक्षा ११ को असार १ गतेबाट सुरु हुने परिषदका सदस्य सचिव नारायण प्रसाद कोइरालाले जानकारी दिनुभयो । तर भूकम्पबाट बढी प्रभावित भएका गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा स्थगित नै रहेको सदस्य सचिव कोइरालाले बताउनुभयो ।
यी जिल्लाका विद्यार्थीमा भूकम्पले बढी नै मनोवैज्ञानिक असर पारेकाले तत्काल परीक्षा नलिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । रोकिएका ७ जिल्लाका लागि नयाँ परीक्षा तालिका छिट्टै नै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
परीक्षा ढिलो भएपनि नतिजा भने ७५ वटै जिल्लाको एकसाथ प्रकाशन गरिने सदस्य सचिव कोइरालाले जानकारी दिनुभयो । यसअघि कक्षा १२ को वैशाख २० र कक्षा ११ को जेठ १ गतेबाट परीक्षा लिने तयारी गरिएकोमा भूकम्प गएपछि स्थगित गरिएको थियो ।

0 comments for "६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि"

Leave a reply

    Popular Posts

    Blog Archive