Published On:Monday, May 25, 2015
Posted by Tekman Shakya

राजनीतिभन्दा माथि उठेर श्रमदान गर्नुपर्छ– महासचिव पोखरेल

काठमाडौँ, ११ जेठ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भूकम्पका कारण विस्थापित भएका जनताको घर पुनःनिर्माण गर्दा उनीहरुको सेवाको भावनालाई केन्द्रमा राखेर अघि बढ्न स्वयम्सेवकलाई निर्देशन दिनुभएको छ । 

टोखा नगरपालिका–३ स्थित फैडोलमा स्वयम्सेवकले गरेको स्थानीयको घर टहरा पुनःनिर्माणको निरीक्षण गर्दै उहाँले अहिले मुलुकमा उत्पन्न भएको विपद्को अवस्थामा अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउन निःस्वार्थ भावनाले श्रमदान गर्न आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले त्यस क्षेत्रमा खुला आकाशमुनि तथा पालमा बसेका जनतालाई राजनीतिभन्दा माथि उठेर छानामुनि ल्याउन खाँचो रहेको औँल्याउँदै स्थानीय गाउँलेलाई श्रमदानको बोझ भारबाट मुक्त गरी पुनःनिर्माणको अभियान एक महिनासम्म जारी राख्न सुझाव दिनुभयो । 

स्थानीय शोभा डङ्गोलले भूकम्पका कारण आफ्नो दुई तले घर भत्किएपछि बासको समस्या परेकामा अहिले स्वयम्सेवकले टहरा निर्माणमा सहयोग गरेकाले छिट्टै अस्थायी बसोबास गर्न पाइने बताउनुभयो ।

0 comments for "राजनीतिभन्दा माथि उठेर श्रमदान गर्नुपर्छ– महासचिव पोखरेल"

Leave a reply

    Popular Posts

    Blog Archive