Published On:Sunday, May 31, 2015
Posted by dadad

नेविसङ्घका स्वयम्सेवक काठमाडौँका गाउँगाउँमा


काठमाडौँ, १८ जेठ । नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता विद्यालय भवन निर्माणका लागि अहिले काठमाडाँैका गाउँतर्फ केन्द्रित भएका छन् ।

काठमाडाँैका नयाँ नगरपालिकामा नेविसङ्घका सयौँ कार्यकर्ता परिचालन भएको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, टोखालगायत नगरपालिकामा कार्यकर्ता परिचालित भएका हुन् । विद्यार्थीलाई अध्ययनको वातावरण बनोस् भन्ने उद्देश्यले विद्यालय भवन बनाउन केन्द्रित भएको लामिछानेको भनाइ छ । उनीहरुले अहिलेसम्म काठमाडौँमा मात्रै २० ओटाभन्दा बढी विद्यालयका लागि टहर बनाएका छन् ।

नेविसङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णसहित केन्द्रीय पदाधिकारी नै निर्माण कार्यमा खटिएका छन् । उनीहरुले स्थानीय स्रोतसाधनको उपयोग गरेर विद्यालयका लागि अस्थायी टहरा बनाइरहेका छन् ।

नेविसङ्घका कार्यकर्ता नै आफ्नो गाउँमा विद्यालयको टहरा निर्माणका लागि आएपछि गाउँलेले हर्ष प्रकट गरेका छन् । टहरा निर्माण अभियान आवश्यकताअनुसार अझै केही दिन जारी रहने लामिछानेले बताउनुभयो । 
नेविसङ्घले काठमाडौँवाहेक भूकम्पबाट अतिप्रभावित अन्य जिल्लामा पनि कार्यकर्ता परिचालन गरिएको जनाएको छ ।

0 comments for "नेविसङ्घका स्वयम्सेवक काठमाडौँका गाउँगाउँमा"

Leave a reply

    Popular Posts

    Blog Archive