Published On:Monday, May 25, 2015
Posted by dadad

आशा देखाएर भागे घले

आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएनन्

राहत वितरण गर्छु भन्दै जिम्मा लिएका आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएका छैनन् ।

शुकदेव थपलिया
आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएनन्

आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएनन्
११ जेठ,काभ्रे । विनाशकारी महाभूकम्पका पीडितका लागि राहत दिने प्रतिबद्धता व्यक्त गरी चर्चा कमाएका विभिन्न व्यक्तिले प्रचारका लागि मात्रै कबोल गरेको खुल्न आएको छ । राहत वितरण गर्छु भन्दै जिम्मा लिएका आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएका छैनन् ।

सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै भूकम्पपीडितहरूका लागि यसो गर्छु र उसो गर्छु भन्ने एनआरएनका अध्यक्ष शेष घलेले जिल्लाका १७ गाविसमा सम्पूर्ण खालको राहत सामग्री पुर्‍याउने भन्दै टिपाएको प्रमुख जिल्ला अधिकारी सुर्दशनप्रसाद ढकालले बताए ।

‘घलेसहित एनआरएनको समूहले कोसीपारिका १७ गाविसमा राहत वितरण गर्ने भनेकाले केही समय अन्य संघसंस्थालाई रोकियो, आखिर उहाँहरूको प्रचार गरियो तर आउनुभएन,’ प्रजिअ ढकालले भने, ‘कबोल गर्ने तर राहत नबाँड्ने संस्थाहरू बढ्न थाले ।’

घलेसहित उनकी श्रीमती जमुना घले र डा। गणेश गुरुङले जिल्लाका १७ गाविसमा राहत वितरण गर्ने बताएका थिए । ‘जिल्लामा आएर प्रतिबद्धता जनाउने, राजधानीमा गएर ठुला सञ्चारमाध्यममा अन्तर्वार्ता दिने तर गाउँमा राहत लिएर नजाने रु यो कस्तो प्रचार शैली हो ।’

पोखरीचौरीका भूकम्पपीडित शेषनारायण गौतमले भने । एनआरएनहरूले भूकम्पपीडितहरूका नाममा विभिन्न देशमा करोडौँ रकम संकलन गरिरहेका छन् । अर्का एनआरएन तस्बिर लामाले पनि सहयोग गर्छु भने तर उनको पनि अत्तोपत्तो छैन ।

त्यस्तै, तिमालका ८ गाविसमा छ महिनासम्म राहत तथा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको आनन्दमार्ग युनिभर्सल रिलिफ टिम नेपालका आचार्य कमलाकान्तले लैजाने भने पनि त्यसो गरेनन् ।

कानपुर, चौवासलगायत क्षेत्रमा केही मात्र राहत वितरण गरेको टिमका सदस्य दयाराम श्रेष्ठले बताए ।

धेरै बोलेर थोरै मात्र राहत वितरण गर्दा भूकम्पपीडितलाई झुक्याएको र उनीहरूको भावनामा खेलेको पीडितले बताएका छन् । जिल्लामा विभिन्न खालका ६२ वटा संघसंस्थाहरूले राहत वितरण गरेको तथ्यांक जिल्ला दैवीप्रकोप तथा उद्धार समितिमा भए पनि धेरै व्यक्ति तथा संस्थाले आफुखुसी राहत वितरण गरेकाले कतै आठपटकसम्म प्राप्त गरेको र कतै अझै प्राप्त नगरेको गुनासो जिल्लामा आइरहेको स्थानीय विकास अधिकारी चिरञ्जीवी तिमल्सिनाले बताए । त्यस्तै सिड्स इन्डियाले पनि धेरै बोलेर थोरै सामग्री वितरण गरेको बताइएको छ ।

जिल्लामा युनिसेफ, लुचन नेपाल, प्लान नेपाल, करुणा फाउन्डेसनलगायत केही संस्थाले ठूलो परिणाममा सहयोग गरेका छन् ।

सरकारी तवरबाट ११ हजार त्रिपाल प्राप्त भए पनि विभिन्न व्यक्ति तथा संघसंस्थाले १४ हजार त्रिपाल वितरण गरिसकेको तर जिल्लामा ७० हजार त्रिपाल आवश्यक भएको प्रजिअ सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।@sauradaily.com
आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएनन्

शा देखाएर भागे घले

आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएनन्

२०७२ जेठ ११ गते १४:२० मा प्रकाशित
शुकदेव थपलिया Shes-Ghaleकाभ्रे, ११ जेठ । विनाशकारी महाभूकम्पका पीडितका लागि राहत दिने प्रतिबद्धता व्यक्त गरी चर्चा कमाएका विभिन्न व्यक्तिले प्रचारका लागि मात्रै कबोल गरेको खुल्न आएको छ । राहत वितरण गर्छु भन्दै जिम्मा लिएका आधा दर्जनभन्दा धेरै संस्था सम्पर्कमै आएका छैनन् ।
सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै भूकम्पपीडितहरूका लागि यसो गर्छु र उसो गर्छु भन्ने एनआरएनका अध्यक्ष शेष घलेले जिल्लाका १७ गाविसमा सम्पूर्ण खालको राहत सामग्री पुर्‍याउने भन्दै टिपाएको प्रमुख जिल्ला अधिकारी सुर्दशनप्रसाद ढकालले बताए ।
‘घलेसहित एनआरएनको समूहले कोसीपारिका १७ गाविसमा राहत वितरण गर्ने भनेकाले केही समय अन्य संघसंस्थालाई रोकियो, आखिर उहाँहरूको प्रचार गरियो तर आउनुभएन,’ प्रजिअ ढकालले भने, ‘कबोल गर्ने तर राहत नबाँड्ने संस्थाहरू बढ्न थाले ।’
घलेसहित उनकी श्रीमती जमुना घले र डा. गणेश गुरुङले जिल्लाका १७ गाविसमा राहत वितरण गर्ने बताएका थिए । ‘जिल्लामा आएर प्रतिबद्धता जनाउने, राजधानीमा गएर ठुला सञ्चारमाध्यममा अन्तर्वार्ता दिने तर गाउँमा राहत लिएर नजाने ? यो कस्तो प्रचार शैली हो ।’
पोखरीचौरीका भूकम्पपीडित शेषनारायण गौतमले भने । एनआरएनहरूले भूकम्पपीडितहरूका नाममा विभिन्न देशमा करोडौँ रकम संकलन गरिरहेका छन् । अर्का एनआरएन तस्बिर लामाले पनि सहयोग गर्छु भने तर उनको पनि अत्तोपत्तो छैन ।
सरकारी तवरबाट ११ हजार त्रिपाल प्राप्त भए पनि विभिन्न व्यक्ति तथा संघसंस्थाले १४ हजार त्रिपाल वितरण गरिसकेको तर जिल्लामा ७० हजार त्रिपाल आवश्यक भएको प्रजिअ सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।
त्यस्तै, तिमालका ८ गाविसमा छ महिनासम्म राहत तथा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको आनन्दमार्ग युनिभर्सल रिलिफ टिम नेपालका आचार्य कमलाकान्तले लैजाने भने पनि त्यसो गरेनन् ।
कानपुर, चौवासलगायत क्षेत्रमा केही मात्र राहत वितरण गरेको टिमका सदस्य दयाराम श्रेष्ठले बताए ।
धेरै बोलेर थोरै मात्र राहत वितरण गर्दा भूकम्पपीडितलाई झुक्याएको र उनीहरूको भावनामा खेलेको पीडितले बताएका छन् । जिल्लामा विभिन्न खालका ६२ वटा संघसंस्थाहरूले राहत वितरण गरेको तथ्यांक जिल्ला दैवीप्रकोप तथा उद्धार समितिमा भए पनि धेरै व्यक्ति तथा संस्थाले आफुखुसी राहत वितरण गरेकाले कतै आठपटकसम्म प्राप्त गरेको र कतै अझै प्राप्त नगरेको गुनासो जिल्लामा आइरहेको स्थानीय विकास अधिकारी चिरञ्जीवी तिमल्सिनाले बताए । त्यस्तै सिड्स इन्डियाले पनि धेरै बोलेर थोरै सामग्री वितरण गरेको बताइएको छ ।
जिल्लामा युनिसेफ, लुचन नेपाल, प्लान नेपाल, करुणा फाउन्डेसनलगायत केही संस्थाले ठूलो परिणाममा सहयोग गरेका छन् ।
सरकारी तवरबाट ११ हजार त्रिपाल प्राप्त भए पनि विभिन्न व्यक्ति तथा संघसंस्थाले १४ हजार त्रिपाल वितरण गरिसकेको तर जिल्लामा ७० हजार त्रिपाल आवश्यक भएको प्रजिअ सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।
- See more at: http://www.souryadaily.com/2015/05/104812.html#sthash.7pblfnoS.dpuf

0 comments for "आशा देखाएर भागे घले"

Leave a reply

    Popular Posts

    Blog Archive