Published On:Tuesday, May 19, 2015
Posted by my storry
भुकम्प प्रभावितका लागि जापानबाट १० करोड ५० लाख
हामी पनि गर्दैर्छौंः टोकियोको तोसिमाकु अन्तरगत सुगामोमा रहेको इन्टरनेशनल स्कुल अफ विजनेज कलेजका शिक्षक तथा विद्यार्थीबाट संकलन गरेको १ लाख ५३ हजार ८ सय १८ जापानीयेन आज बुधवार नेपाली प्रतिनिधीलाई हस्तान्तरण गर्ने बताएको छ ।
रकम र हस्तारण्तरण समयको जानकारी यसरी लेखेर सबैलाई देखाइएको छ ।
तस्वीर प्रकाश पन्थी,जापान
प्रकाश पन्थी,
मे २० ,टोकियो
नेपाली राजदुतावास र भूकम्प पिडित राहत तथा सहयोग समितिको पहलमा जापानी १० करोड ५० लाख भन्दा बढी संकलन भएको हो ।
संकलन भएको रकम मध्ये ६ करोड ७० लाख प्रधानमन्त्री दैवीप्रकोप समितिमा पठाईसकिएको जापानका लागि नेपाली राजदुत मदनकुमार भट्टराईले बताउनुभयो ।
नेपालमा गतमहिना गएको विनाशकारी महाभूकम्पबाट प्रभावितहरुका लागि जापानवासी नेपाली तथा जापानी बिभिन्न सघंसस्थाबाट संकलित
करिव १० करोड जापानीयेन नेपाल पठाइसकिएको छ । मंगलवार मात्रै नेपाली दुतावास १ करोड ८० लाख जापानीयेन प्रधानमन्त्री दैवी
प्रकोप केन्द्रीय समितिमा पठाएको छ । यो सगैँ नेपाली राजदुतावासबाट ६ करोड ७० लाख ३९ हजार ८१ जापानीयेन
भूकम्प प्रभावितको नाममा नेपाल पुगिसकेको जापानमा लागि नेपाली राजदूत भट्टराइले बताउनुभयो ।
भूकम्प प्रभावितहरुको भौतिक संरचना पुनःनिर्माणका लागि एओन नामक जापानी कम्पनीले १० करोड जापानीयेन उपलब्ध गराउने भएको छ ।
जापानभर भएको कम्पनीका शाखामा उठेको रकम बराबर राहत रकम कम्पनीले छुट्टै दिने प्रतिवद्धता जनाएको एओन कम्पनीले मंगलवार
नेपाली राजदुतावासमा गएरै १० करोड ८७ लाख ४८ हजार जापानीयेन दिने पुनःस्मरण गराएको छ । कम्पनीको शाखाबाट ५ करोड ४३ लाख
जापानीयेन संकलन भइसकेको छ । कम्पनीको तर्फबाट पनि ५ करोड ४३ लाख नै थपेर जम्मा १० करोड ८७ लाख ४८ हजार भूकम्प प्रभावितको
भौतिक संरचना निर्माणमा लगाउने गरि रकम उपलब्ध गराउने जनाएको राजदूत भट्टराइले बताउनुभयो ।
एओन कम्पनीले १० बर्षअघि पर्सा र कपिलवस्तुमा ५७ विद्यालय बनाएको थियो ।
त्यस्तै भूकम्पयता प्रभावितका लागि राहत तथा सहयोग समितिले ३ करोड ९३ लाख ८ हजार ७ सय ९ जापानी येन संकलन गरेको छ ।
संकलन भएको रकम मध्ये ३ करोड जापानीयेन नेपाल पठाइसकिएको एनआरएन जापानका अध्ययक्ष पारसमणी पोखरेलले बताउनुभयो ।
समितिले राहत संकलनका लागि विभिन्न उपसमिति बनाएको थियो । आर्थिक उपसमितिका संयोजक दीपक थापाका अनुसार टे्न स्टेशन तथा
बढी भिडभाड भएका विभिन्न पार्कहरुमा गरिएको सार्वजनिक अपिलबाट सबैभन्दा कम ७४ लाख ७१ हजार १ सय ७२ जापानी येन संकलन
भएको थियो । सबैभन्दा बढी नेपाल जापान सोसाइटीको सहकार्यमा भूकम्प पिडितका नाममा खोलिएको बैंक खातामा १ करोड ८० लाख जापानी
येन र विभिन्न श्रव्य दृष्यको माध्यमबाट टेलिभिजन,पत्रपत्रिका तथा रेडियोबाट समाचार सुनेर हेरेर स्वतस्फुर्त रुपमा १ करोड ३८ लाख ३७ हजार
जापानी येन गरि संकलित जम्मा ३ करोड ९३ लाख ८ हजार मध्ये ९३ लाख जापानीयेन समितिमा मौज्दात राखेको जनाएको छ ।
भूकम्पपछि प्रभावितका लागि राहत संकलन कार्यमा जापानीका विश्वविद्यालय ,प्राविधिक शिक्षालयहरु पनि खुलेर लागेका छन् । उनीहरुले अध्ययनरत
विद्यार्थी तथा सहकर्मिबाट अनरोध गर्ने गरेका छन् । यस्तै टोकियोको तोसिमाकु अन्तरगत सुगामोमा रहेको इन्टरनेशनल स्कुल अफ विजनेज कलेजले
शिक्षक तथा विद्यार्थीबाट संकलन गरेको १ लाख ५३ हजार ८ सय १८ आज बुधवार नेपाली प्रतिनिधीलाई हस्तान्तरण गर्ने बताएको छ । जापानी समय
अनुसार बिहान साढे ११ बजे जिम्मेवार अधिकारीलाई हस्तान्तरण गर्ने प्राविधिक शिक्षालयका सहप्राध्यपक इकेउचीले बताउनुभयो ।जापानमा विश्वविद्यालय र प्राविधिक शिक्षालयमा भूकम्प प्रभावितका लागि राहत संकलन अझै पनि जारि छ ।