Published On:Sunday, May 24, 2015
Posted by dadad
दैवी प्रकोप राहतकोषमा रु एक करोड पचहत्तर लाख
११ जेठ, विराटनगर । मोरङबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप
राहत कोषमा आइतवारसम्ममा रु एक करोड ७४ लाखभन्दा बढी रकम जम्मा भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विभिन्न स्रोतबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मोरङ प्रशासनमार्फत रु एक करोड ७४ लाख ८४ हजार ९८५ सङ्कलन भएको जानकारी दिए ।
सङ्कलित रकममध्ये रु ८१ लाख ५१ हजार २१५ सरकारी कर्मचारीबाट र रु ९६ लाख ३३ हजार ७७० विभिन्न सङ्घसंस्था तथा व्यापारिक प्रतिष्ठानबाट जम्मा हुन आएको उनले बताए।
यसैबीच, विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मानगढ खानेपानी योजनाले आइतबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक लाख ११ हजार १११ जम्मा गराएको छ ।
साथै, विराटनगरस्थित शिशुसेवा समितिले भूकम्पपीडितका लागि रु एक लाख ११ हजार १०१ राहत रकम प्रदान गरेको छ । समितिकी अध्यक्ष मञ्जु रिजालले प्रजिअ कार्कीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे।
यसैबीच, पुष्पलाल स्मारक समिति विराटनगरले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु २५ हजार प्रदान गरेको छ । रासस