Published On:Tuesday, May 19, 2015
Posted by dadad
कागतीको रस वाटै वुढाले कमाए लाखै रुपैयाँ
हेमन्त के.सी.(झार्पा)जेठ ६ जाजरकोट । यहाँका एक किसान कागतीको रस विक्री गरी लाखै कमाउन सफल भएका छन् । जिल्लाका झार्पा गाविस वडा नं ७ का गगनवहादुर वुढा वर्षेनी कागतीको रस विक्री गरी लाखै कमाउन सफल भएका हुन् ।
झार्पा जिल्लाको अति विकट गाविस हो । वुढाले ४ वर्ष देखी कागतीका विरुवा र रस झार्पामा वसेर विक्री गदै आएको वताउछन् । वुढाले उत्पादन गरेको रस जाजरकोटको ३० वटा गाविसमा विक्री हुने गरेको छ भने छिमेकी जिल्ला रुकुम, सल्यान र सुर्खेत लगाएतका जिल्लामा समेत निर्यात हुने गरेको छ ।
५ रोपनी जग्गामा वुढाले वर्षेनी कागती लगाउने गरेका छन् । अन्य वाँकी जमिनमा २५ हजार कागतीका वेर्ना उत्पादन गरीएको वुढाको भनाई छ । कागतीका वेर्ना पनि जिल्लाका विभिन्न भुभागका विक्री हुने गरेको छ । मेहनत गरेर काम गर्ने नै हो भने पैसाको लागी विदेश नै जाँनु नपर्ने उनको भनाई रहेको छ । कागतीवाट नै उनको वर्षीक कमाई ५ लाख भन्दा माथी हुने गरेको छ ।
घर परिवारको खर्च, छोरा ,छोरीको पढाई लेखाई र कृषि प्राविधिक लाई खर्च दिएर पनि ४ लाख भन्दा माथी नै वचत हुने गरेको छ । जाजरकोटमा सवै सरकारी कार्यालय, संघ संस्था ,गाउँमा वुढाको कागतीको रसको अत्यधिक माग हुने गरेको छ । यो वर्ष वुढाले १४ सय लिटर भन्दा वढी कागतीको रस उत्पादन गरेका छन् ।
प्रतिलिटर रु १ सय ५० मा गाउँमै विक्री हुने गरेको छ । अन्य गाउँलेहरुले पनि कागती व्यवसायीक खेती गर्ने हो भने आफुले सवै सिप सिकाउने वुढाको भनाई छ ।