Published On:Monday, May 18, 2015
Posted by dadad
काँग्रेसले श्रमदान अभियान सुरु गर्ने
काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा
परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।
अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ, टोल छिमेक र वरपर जहाँ सम्भव हुन्छ कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन आह्वान गर्नुभयो ।
भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित भएका जिल्लाका पार्टी एवम् भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आ–आफ्नो ठाउँमा राहत सङ्कलन गर्न तथा दक्ष–अर्धदक्ष जनशक्तिसहित प्रभावित ठाउँमा पुगी घर, टहरा एवम् अस्थायी शिविर निर्माणका लागि प्राविधिक सरसल्लाहअनुरुप सहयोगका लागि क्रियाशील बन्न पनि उहाँले आग्रह गर्नुभयो । त्यसका लागि आफ्नो जिल्ला र जाने जिल्लाका सम्बन्धित निकायसँग समन्वय गर्न पार्टीले निर्देशित गरेको पौडेलले भनाइ छ ।
“यस अभियानले कम क्षति भएका एउटा गाउँका कार्यकर्ता अर्को आहत गाउँमा गई घर निर्माणमा जुट्ने छन् । पहाडबाट हिमाली गाउँलाई, मधेसबाट पहाडका प्रभावित गाउँलाई सहयोग गर्न कम्तीमा अर्धदक्ष कामदारसहित जाने र सात दिनसम्म शिविर खडा गरी त्यहाँका भत्केका घर मर्मत वा अस्थायी टहरा बनाएर वर्षाबाट जोगिने भरपर्दो बासस्थान बनाउन सहयोग गर्नेछन्” – उहाँले भन्नुभयो । यस क्रममा मधेसबाट पहाडमा काम गर्न खाना खर्च र बस्ने पालको व्यवस्था समेत आफँैले गर्ने पार्टीले जनाएको छ ।
राहत वितरण तथा विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच राम्रो समन्वय नदेखिएको चर्चा गर्दै संयोजक पौडेलले यस्ता विपत्तिको सामना गर्न अधिकार सम्पन्न विपद् व्यवस्थापन प्राधिकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।
पत्रकारले राष्ट्रिय सहमतिको सरकार सम्बन्धमा राखेको जिज्ञासामा पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने हो भने संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन तथा नव नेपालको निर्माणका लागि दलहरुबीच पूर्व प्रतिबद्धता आवश्यक हुनेमा जोड दिनुभयो ।
उहाँले पार्टीका सबै तहका अधिवेशनका लागि एक–एक दिन मिति तोकी सम्पन्न गराउन सकिने चर्चा गर्दै महाधिवेशन निर्धारित समयमा हुने उल्लेख गर्नुभयो । रासस