Published On:Tuesday, May 19, 2015
Posted by dadad

प्रभावित स्थलमा सिंहको सक्रियता (फोटो फिचर सहित)

६ जेष्ठ, काठमाडौं । विनाशकारी भूकम्पले प्रभावित जिल्लाहरुमा उप्र प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सक्रियता देखाईरहेका छन् । उनी प्रभावित स्थलहरुमा निरिक्षणका लागि हिडिरहेका छन् । बुधबार बिहान पनि सिंह ललितपुरको हरिसिद्धी पुगेर भुकम्प पीडितहरुको समस्या सुने । 

उनले लत्कालका लागि अस्थायी बासस्थान मिलाउन सरकारले प्रति परिवार १५ हजार वा सो बराबरको जस्तापाता उपलब्ध गराउने जानकारी दिए ।

भुकम्प पीडितहरुलाई घर बिहीन हुन नदिन सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन लागेको बताउँदै धैर्य गर्न उनको आग्रह थियो । उप प्रधानमन्त्री सिंहले भुकम्प पीडितका लागि सहयोग गर्न सरकारी स्तरबाट आफुले सकेसम्म पहल गरिरहेको बताए ।

सिंहले हरेक दिन जसो भुकम्प पीडितको घरमा पुगेर उनीहरुको दुःख बुझ्ने क्रममा छन् । केही दिनअघि मात्र उनले सुनदरीजलका भुकम्प पीडितहरुलाई एक एक बण्डल जस्तापाता उपलब्ध गराएका थिए । देशैभरका भुकम्प पीडितहरुका लागि तत्कालीन आवश्यकता पुरा गराउन आफु लागिपरेको उनको भनाई छ ।



 
 


0 comments for "प्रभावित स्थलमा सिंहको सक्रियता (फोटो फिचर सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive