Published On:Tuesday, May 26, 2015
Posted by Unknown
भाडा बढाउने घरभेटी भाडावाल समाजको निगरानीमा

यस्ता छन् माग
समाजले भूकम्पबाट प्रभावित भाडावालहरुलाई
तीन महिनाको भाडा छुट गर्नुपर्ने, लगत संकलन गरी परिचयपत्र दिनुपर्ने,
पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने, घर भत्किएर नष्ट भएका सामानको उचित
क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग गरेको छ ।
यसैगरी डेरा कोठाको भाडादर वैज्ञानिक
रुपले निर्धारण गर्नुपर्ने, प्रभावितहरुको लागि अस्थायी बसोबासको व्यवस्था
गर्नुपर्ने, कालोबजारी महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग पनि समाजले
राखेको छ ।
घरभेटी निगरानीमा
समाजका अध्यक्ष विष्णुजंग बस्नेतले
काठमाडौं पछिल्लो समय काम गरी खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका
लागि आउने विधार्थीहरुको बसाईथलो भएको भन्दै भूकम्पबाट अधिकांश यीनै
व्यक्तिहरु प्रभावित भएकाले माग तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
विपत्तिको मौका छोपेर भाडा बढाउने घरभेटीको समाजले निगरानी गर्ने उनले बताए
।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश
कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावालहरु हाल अति प्रताडित भएको भन्दै
राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताए ।