Published On:Monday, May 18, 2015
Posted by dadad

भूकम्पबाट विस्थापित महिला तथा बालबालिका वेचविखन हुन सक्नेतर्फ सचेत रहन आग्रह

काठमाडौँ, ४ जेठ । यही वैशाख १२, १३ र २९ गते गएको भूकम्प तथा पराकम्पका कारण विस्थापित हुन पुगेका महिला तथा बालबालिकाहरु विभिन्न किसिमका हिंसा एवम् बेचविखन तथा ओसारपसारमा पर्ने जोखिम रहन सक्ने भएकाले यसतर्फ सचेत रहन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आग्रह गरेको छ ।

यस किसिमका कुनै हिंसाजन्य कार्य भएमा पीडित तथा प्रभावित महिला तथा प्रभावितहरुलाई उद्धार, राहत मनोसामाजिक परामर्श, कानूनी सहयोग र पुनःस्थापना समेतको सहयोगका लागि सम्बन्धित जिल्लाको महिला तथा बालबालिका कार्यालय, नेपाल प्रहरी महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला बाल कल्याण समिति र जिल्ला दैवी प्रकोप उद्धार समितिमा सम्पर्क गर्न पनि सो मन्त्रालयले अनुरोध गरेको छ । रासस

0 comments for "भूकम्पबाट विस्थापित महिला तथा बालबालिका वेचविखन हुन सक्नेतर्फ सचेत रहन आग्रह"

Leave a reply

    Popular Posts

    Blog Archive