Published On:Sunday, May 31, 2015
Posted by dadad

भूकम्पप्रभावितलाई क्यानडाले उसकै देशमा लगेर रोजगारी दिने

http://www.ratopati.com/wp-content/uploads/2015/06/canada.jpgकाठमाडौं – क्यानडाले भूकम्पप्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ । नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिन सक्ने बताएका हुन् ।

भूकम्पपछि राहत र उद्दारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताइन् ।

नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए । रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलेदेखि नै छ ।

राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध गरेकाले यो विपतमा नेपालीलाई रोजगारीको अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए । लेइचले यस्तो प्रस्तावपछि क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको थिइन् । आजको नागरिक दैनिकमा खबर छ ।
(

0 comments for "भूकम्पप्रभावितलाई क्यानडाले उसकै देशमा लगेर रोजगारी दिने "

Leave a reply

    Popular Posts

    Blog Archive