Published On:Sunday, May 24, 2015
Posted by Tekman Shakya

हेभेन्ली पाथद्वारा ४५ लाख बराबरको राहत सामाग्री वितरण


  • पुननिर्माणमा १ हजार स्वयंसेवक परिचालन
  • सर्वधर्म पूजा गरिने, अनाथ बालबालिकालाइ आश्रय दिइने



 काठमाडौ, १० जेठ । विश्वका एक दर्जन देशमा सक्रिय आध्यात्मिक संस्था हेभेन्ली पाथले गत बैशाख १२ गते नेपालमा आएको बिनाशकारी महाभुकम्प प्रभावित विभिन्न जिल्लामा ठूलो मात्रामा राहत वितरण अभियान संचालन गरेको छ ।

हिज होलीनेस मास्टर गड्यान्जलको नेतृत्वमा हेभेन्ली पाथले भुकम्प प्रभावित क्षेत्रमा ४५ लाख भन्दा बढीको राहत वितरण गरेको हो । 

हेभेन्ली पाथले आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी थप २० लाख बराबरको राहात वितरणको तयारी गरेको जानकारी गराएको हो । हेभेन्ली पाथले बैशाख १४ गते देखि नै गोरखा, सिन्दुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, रसुवा, रामेछाप र ओखलढुङ्गाका दुर्गम स्थानमा पुनस्थापना कार्यक्रम संचालन गरेको हो । 

पत्रकार सम्मेलनमा हिज होलीनेस मास्टर गड्यान्जलले देश दुखिरहेको समयमा निस्वार्थ सेवा भावले राहत वितरण र पुनस्थपनामा जुटन आफ्ना अनुयायीलाइ आग्रह गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो घडीमा सबैले प्रेमभाव, करुणा भावका साथ सहयोगी हात अगाडी बढाउन आग्रह गर्दछु ।’

हेभेन्ली पाथका प्रणेता समेत रहेका हिज होलीनेस मास्टर गड्यान्जलले सबै धर्मका धर्मगुरुको सहभागितामा सर्बधर्म पूजा गरिने बताउनु भयो । उहाँले भुकम्प प्रभावित कुनै ठाउमा राहत नपुगेको थाहा भए, आफू राहत लिएर सो ठाउमा जाने बताउनु भयो । 

उद्धार टोलीले रसुवाको अति प्रभावित रसुवाको अति प्रभावित गाबिस हाकुको मैलुङ, गोगने र तिरु गाउमा पीडितलाइ शव उत्खलन तथा दाह संस्कारमा सहयोग गरेको थियो । यस्तै काभ्रेको बालुवापाटी गाबिसमा धरापमा रहेका घर भत्काउन र पुरिएका अन्नपात निकाल्न मद्दत गरेको थियो । 

हेभेन्ली पाथले कुनै गैर सरकारी संस्थाको सहयोगमा नभइ आफ्ना अनुयायीको स्वतस्फुर्त सहयोगमा राहत वितरणको अभियान संचालन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । आध्यात्मिक एवम् सामाजिक संस्थाको रुपमा हेभेन्ली पाथ नेपाल लगायत भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, ब्रुनाई, मलेसिया, कतार, सिंगापुर तथा थाइल्याण्ड आदि मुलुकहरुमा सक्रिय छ । 

0 comments for "हेभेन्ली पाथद्वारा ४५ लाख बराबरको राहत सामाग्री वितरण"

Leave a reply

    Popular Posts

    Blog Archive