Published On:Sunday, May 31, 2015
Posted by dadad

१४ वर्षीयाको बिहे ४१ वर्षीयसँग

१८ जेठ, सप्तरी,  सप्तरीकी १४ वर्षीया कञ्चनको बिहे उनीभन्दा तेब्बर उमेरका हुलासप्रसाद साहसँग भयो। कारण- दुलहा पक्षले दाइजो नलिने र विवाहको दुवैतर्फको सम्पूर्ण खर्च बेहोर्ने सर्त। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

कञ्चनरूपको पिप्रा पूर्वगाउँकी १४ वर्षीया निरक्षर कञ्चनकुमारी साहको विवाह ४१ वर्षका हुलासप्रसादसँग बिहीबार भारदहको कंकालिनी मन्दिरमा भएको हो। कमजोर आर्थिक अवस्थाका कारण दाइजो दिन नसकेपछि परिवारले २७ वर्ष जेठा हुलासप्रसादसँग कञ्चनको विवाह गरिदिएको हो।

सप्तरी तरही २ का हुलासप्रसादको पहिलो विवाह जनकपुर भानुचोककी बिनादेवी साहसँग २०५० सालमा भएको थियो। बिनाबाट जन्मिएकी १९ वर्षकी छोरी रहेको हुलासले बताए।

'जेठी श्रीमतीबाट छोरा नभएकाले गरिब परिवारकी कन्या कञ्चनका अभिभावक छोरीको विवाह मसँग गरिदिन तयार भएपछि सल्लाहमै दोस्रो विवाह गरेको हुँ', उनले भने।

महेन्द्र र शिवकुमारीका चार छोरीमध्ये कञ्चन साइँली हुन्। महेन्द्रका साढुभाइ सिराहा पोखरभिन्डाका मदन साहले विवाहको सबै तारतम्य मिलाइदिएको कञ्चनले बताइन्।

0 comments for "१४ वर्षीयाको बिहे ४१ वर्षीयसँग"

Leave a reply

    Popular Posts

    Blog Archive