महाभूकम्पबाट अति प्रभावित जिल्लााको अनुगमन गर्ने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले धादिङको दुखलाई नियालेका छन् । साथमा कांग्रेसका केन्द्रिय सदस्यहरू प्रकाश शरण महत, पूर्ण बहादुर खड्का, कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, सभासद दिलमान पाख्रिन लगायत नेताहरू कार्यकर्ताको उपस्थिती रहेको थियो ।