Published On:Monday, May 25, 2015
Posted by my storry
अष्ट्रेलियामा भूकम्प पिडित र प्रभावितको सम्झना, श्रद्धाञ्जली
वैशाख ११, सिड्नी,
नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठान (एन.के.एस.एस.पि) को आयोजनामा वैशाख १२ गते र त्यस पछिको विनाशकारी भुकम्प प्रभावितका लागि सहयोगको अभियान जारी रहेको छ ।
अभियान अन्र्तगत एन.के.एस.एस.पिले आईतवार मुक्ति गुप्तेश्वर मन्दिर मिन्टु सिड्नीमा श्रद्धाञ्जली तथा भजन कार्यक्रमको आयोजना गरेर भूकम्प प्रभावितका लागि सहयोग रकम जुटाएको छ ।
अष्ट्रेलियामा रहने नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, गैर आवासिय नेपाली, पत्रकार, समाजसेवी लगाएतको उपस्थितिमा भएको कार्यक्रममा ११ हजार ७ सय डरल सहयोग रकम जम्मा भएको घोषणा गरिएको थियो ।
कार्यक्रमकै क्रममा विभिन्न व्यक्तिहरुले १ हजार ३ सय भन्दा बढि डलर भूकम्पपिडितको सहयोगका लागि हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै सम्भु गुणी जी को सक्रियतामा इण्डियन श्री शिव मन्दिरबाट ७ सय ३७ डलर कोषमा प्रप्त भएको थियो ।
कार्यक्रमकै क्रममा विभिन्न व्यक्तिहरुले १ हजार ३ सय भन्दा बढि डलर भूकम्पपिडितको सहयोगका लागि हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै सम्भु गुणी जी को सक्रियतामा इण्डियन श्री शिव मन्दिरबाट ७ सय ३७ डलर कोषमा प्रप्त भएको थियो ।
संस्थाको कोषध्यक्ष प्रकृति भटईले संयोजन गरेको श्रद्धाञ्जली तथा भजन कार्यक्रम सुजता के.सीको अध्यक्षता एंव मुक्तिराम पोख्रेलको सञ्चालनमा भएको थियो ।
रुद्र गिरिले कार्यक्रमको उद्धेश्य माथी प्रकाशपार्नु भएको थियो भने कार्यक्रममा सहभागिलाई स्वागत जिना केसीले गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा गैर आवासिय नेपाली संघ एन. आर.एनका महासचिव भरत पोख्रेल, सल्लाहकार इन्दिरा वन लगाएतले भुकम्पमा परि मृत्यु भएका प्रति श्रद्धाञ्जली, घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना एंव आफन्तजन प्रति समवेदना प्रकट गर्नुभएको थियो ।