Published On:Sunday, May 24, 2015
Posted by my storry

थुनिएको कालीगण्डकी खुल्यो, क्षति के भयो

जेष्ठ ११, काठमाण्डौ, 
फोटो गृह मन्त्रीको सचिवालय :

फोटो गृह मन्त्रीको सचिवालय :
गृह मन्त्रालयले म्याग्दीमा थुनिएको कालीगण्डकीका कारण भएको क्षतिको

विवरण सार्वजनिक गरेको छ । म्याग्दी सहित आधा दर्जन जिल्लामा असर पुग्ने भन्दै सर्तकता अपनाईएपनि थुनिएको खोला आफै खुलेपछि जनजिवन सामान्य वन्दै गएको छ । 
गृह मन्त्रालयले सार्वजनिक गरेको खर्चको विवरण 
क्षति भएको भनि जि.प्र.का.म्याग्दीबाट लेखि आएको
१.राम्चे गा.बि.स. ९ का १० घरका ४३ जना विस्थापित
२.भगवती २ बैसरीका १६ घरका ८० जना विस्थापित
३.पहिरोको उच्च जोखिममा परेका २६ घरका १२३ जना व्यक्तिलाई सुरक्षित स्थान तर्फ सारि अस्थायी बसोवासको व्यवस्था मिलाइएको, विस्थापितहरुको लागि त्रिपाल वितरण गरिएको
४. हाल उक्त स्थान पहिरोले पुरिएको 
५.२०७२।२।१० गते बिहान २ बजे देखी सोहि स्थानमा पहिरो आइ कालीगण्डकी नदी थुनिएको जानकारी प्राप्त भएको ,
६.घटनास्थल बेनी बजारबाट करिब ९ कि.मि.उत्तरमा रहेको,
७. नेपाली सेनाको १२७ जना ,नेपाल प्रहरीबाट २५ जना,सशस्त्र प्रहरी बल ४१ जनाको टोली घटना स्थल तर्फ गई तैनाथ गरिएको,
के के गरिएको छ त्यस क्षेत्रमा 
८.२६ घर विस्थापित भै बस्ती २०७२।२।८ मा नै सारिएको,
९.करिब १०० मि.को गहिराइ र २ कि.मि.लम्बाइको ताल बनेको ,
१०.म्याग्दी जिल्लाको बेनी बजारको बस्तीका सबै ब्यक्तिलाई सुरक्षित रहन बजार क्षेत्रबाट माथि जान जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अनुरोध गरिएको ,
११.तल्लो तटीय क्षेत्रका सबै बस्तीलाई सूचना गर्न प्र.जि.अ.हरुलाई निर्देशन दिइएको कालीगण्डकी जलबिद्युत आयोजनालाई समेत सतर्क रहन निर्देशन दिइएको,
१२. गण्डक आयोजनालाई समेत सतर्क राख्न नबलपरासीका प्र.जि.अ. मार्फत निर्देशन दिइएको,
१३. भूगर्भविद सहितको टोलि हेलिकप्टरबाट पठाइएको, ईन्जिनियरिङ कलेजवाट समेत एक विज्ञ टोली स्थलमार्गवाट परिचालन भएको,
कालीगण्डकी जलविद्युत परियोजना तत्कालका लागि वन्द गरिएको छ । घट्नास्थलमा उप प्रधान तथा गृह मन्त्र वामदेव गौतमले अवलोन गर्नुभएको थियो । 

0 comments for "थुनिएको कालीगण्डकी खुल्यो, क्षति के भयो "

Leave a reply

    Popular Posts

    Blog Archive