Published On:Sunday, May 24, 2015
Posted by dadad

भूकम्पपीडितको उपचारका लागि वीरगन्ज नाकाबाट भित्रिए जर्मन चिकित्सक

१० जेठ, पर्सा  । भूकम्पमा परी घाइते भएकाको उपचारका लागि जर्मनबाट आएका चिकित्सकको एक टोली आज वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेको छ ।

भारतको हैदरावादस्थित एसोसिएसन अफ पिपुल इफेक्टेड लेप्राकोसिस नामक सङ्गठनको सहयोगमा जर्मनीबाट आएका पाँच जना चिकित्सकको टोली विभिन्न औषधि तथा चिकित्सकीय उपकरणसहित नेपाल प्रवेश गरेको हो ।

वैशाख १२ गते आएको भूकम्पमा परी घाइते भएका बिरामीलाई उपचार गर्न दुईवटा ट्रकमा रहेको औषधि तथा उपकरणसहितको टोलीलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा भूकम्प प्रभावित जिल्ला दोलखामा पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

वीरगन्ज नाकाबाट प्रदेश गरेको जर्मन चिकित्सको टोलीमा सर्जन, अर्थोपेडिक, फिजिसिएन रहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । रासस

0 comments for "भूकम्पपीडितको उपचारका लागि वीरगन्ज नाकाबाट भित्रिए जर्मन चिकित्सक"

Leave a reply

    Popular Posts

    Blog Archive