Published On:Tuesday, May 26, 2015
Posted by dadad

एमाले स्वयंसेवकले बनाइदिए कांग्रेस नेताका घर

१३ जेठ, काठमाडौ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा पर्ने सिसापोखरे गाउँ विकास समितिका कांग्रेस सभापति इच्छाराम दंगालको भूकम्पले भत्काएको घर एमाले स्वयंसेवकले बनाइदिएका छन् ।

विनासकारी भूकम्पबाट घर गुमाएका दंगाल प्रतिष्पर्धी पार्टी एमालेले खटाएको स्वयंसेवक टोलीले घर बनाइदिएपछि भावुक भएका छन् ।

आफ्नो घर बनाइदिएकोमा भन्दा पनि सदैव एकअर्कामा प्रतिष्पर्धी पार्टी भए पनि विना भेदभाव एमाले टोलीले आफ्नालागि टहरा बनाएकोमा उनी प्रसन्न भए, राजधानी दैनिकमा खबर छ ।

सिन्धुपाल्चोक–२ मा खटिएको एमाले केन्द्रीय सदस्य खेममान खड्का नेतृत्वको राप्ती अञ्चलको टोलीले दुई दिनमा १० वटा घर टहरा मर्मत गर्नुका साथै १५ वटा नयाँ घर टहरा निर्माण गरेको छ ।

0 comments for "एमाले स्वयंसेवकले बनाइदिए कांग्रेस नेताका घर"

Leave a reply

    Popular Posts

    Blog Archive