Published On:Sunday, May 31, 2015
Posted by dadad
३३ बर्ष पहिले आफैले पढाएको स्कुलमा पुगेर यसो भने प्रचण्डले

दोर्लाङ गाविसका करिब १३ सय बढी घरहरु भूकम्पले ध्वस्त भएका छन् । स्थानियका समस्या र आवश्यक राहत सामाग्रिका बारेमा कुरा सुनेपछि प्रचण्डले आफु सँधै जनतासँगै रहने भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेका थिए । जनताका समस्याका लागि आफु सँधै लडिरहने बताएका प्रचण्डले ‘राज्यले भूकम्प पीडितका लागि छुट्टाएको पन्ध्र हजार रुपैयाँ कम हुने भनेर लडेर पचास हजार बनाएको’ पनि बताए ।

प्रचण्ड आरुघाट बजार निरिक्षण गर्ने क्रममा आफु बसेको पुरानो घरमा समेत पुगेका थिए । साथै उतिबेलाका समकक्षिहलाई समेत भेटेका प्रचण्डले बर्सौ पछि भेट हुँदा पनि आफ्ना समकक्षिहरुलाई चिनेका थिए ।
यसपछि गोरखाका विभिन्न क्षेत्रमा पुगेर प्रचण्ड आजै काठमाडौ फर्किने तयारीमा छन् । प्रधानमन्त्री सुशिल कोइरालाले उनलाई टेलिफोन गरि आजै काठमाडौ फर्किन आग्रह गरेपछि उनि छिटै फर्किने तयारीमा छन् ।
khabardabali