Published On:Sunday, May 31, 2015
Posted by dadad
पृथ्वी रामार्गका यी ९ ठाउँ पहिरोको जोखिममा
आपूर्तिमा बाधा पुग्ने वाणिज्य विभागको निष्कर्ष
१८ जेठ, काठमाडौं । – वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढी ब्यस्त पृथ्वी राजमार्गको चितवन – नागढुंगाका ९ ठाउँलाई पहिरोको उच्च जोखिममा राख्दै आपूर्तिमा बाधा पुग्ने सम्भावना औंल्याएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइराला संयोजकत्वको समितिले स्थलगत अनुगमनबाट भूकम्प र पराकम्पका कारण पृथ्वी राजमार्गका विभिन्न ९ ठाउँमा पहिरो आउने सम्भावना बढी रहेको बताएको हो ।
‘आपूर्तिको दृष्टिकोणले पृथ्वी राजमार्गका कुन–कुन ठाउँमा असहज हुन सक्छ भनेर स्थलगत अनुगमन गरेका थियौं,’ वाणिज्य सचिव ङइन्द्र उपाध्यायले भने,‘धेरै ठाउँमा पहिरोको जोखिम रहेछ ।’
समितिले बुझाएको प्रतिवेदन अनुसार भूकम्प तथा त्यसपछिका परकम्पले चितवनको जलवीर आसपासमा ढुंगा खसिरहेका छन् । पहिरो जाने विशेष सम्भावना देखिएकाले रोकथाम गर्न वा पहिरो आएपछि पन्छाई सडक आवागमन सुचारु गर्न आवश्यक व्यवस्था मिलाउन समितिले सुझाएको छ । सिमल्टार र फिस्लिङ ९चितवन० मा पहिरो सफा गर्न खटाइएको जेसीबी लोडर अपर्याप्त भएकाले थप उपकरण र प्राविधिक व्यवस्था गर्न पनि सझाइएको छ ।
राजमार्गको चितवनको जलवीरे आसपास, चितवनको सिमलटार र फिस्लिङ, रामनगरको पानी ट्यांक, मुग्लिन– नारायणगढ सडकको खहरे खोला, कालीखोलाबीच सडक पहिरोको जोमिमा रहेको पाइएको छ । धादिङको विशालटारबाट मौवा खोला पुलसम्म , खास्टेखोला र मछेडी खोला पुल, ट्यांलाफाँटदेखि फ्याप्रे खोलासम्म , धार्के बजार नजिक महेशखोला पुल र सोप्याङ खोलको पुल पहिरोको खतरामा रहेको अनुगमन टोलीले पत्ता लगाएको आजको कारोबार दैनिकमा खबर छ ।