Published On:Tuesday, May 26, 2015
Posted by Unknown
ललितपुर र काभ्रेको सीमामा फेरि भूकम्पको धक्का
१२ जेठ, ललितपुर, ललितपुर र काभ्रेको सीमालाई केन्द्र बिन्दु बनाएर फेरि भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजे गएको भूकम्पको धक्का
४.३ मापन गरिएको छ। मंगलबार चारवटा भूकम्पको धक्का महशूस गरिएको छ।
यसअघि ६:३९ र ५:४८ मा समान ४.१ तथा दिउँसो २ बजेर ११ मिनेटमा ४.३ रेक्टर स्केलको धक्का महशुस भएको हो।
वैशाख १२ गते गएको भूकम्प पछि स-साना धक्का आउने क्रम जारी नै छ।
भू-गर्वविद्हरूका अनुसार ६ रेक्टरस्केलभन्दा तलको धक्काले कुनै असर गर्दैन।