Published On:Sunday, May 31, 2015
Posted by dadad
धनकुटाका कटवालको जापानमा रहस्मय मृत्यु
जापान सम्पादक प्रकाश पन्थी,
जुन १, टोकियो, जापान । अध्ययनका लागि जापान आएका एकजना नेपालीको आइतवार राती रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका काठमाडौ भिमबहादुर कटवाल रहेका छन् । यद्यपी उनको स्थायी ठेगाना भने खुल्न सकेको छैन ।
न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीबाट गएको १४ अप्रिलमा जापान आएका मृतक कटवाल निसी टोक्यो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए ।
आइतवार दिउँसोसम्म उनलाई केहि भएको थिएन । सँगै बस्दै आएका रविन तामाङका अनुसार आइतवार बेलुका खाना खाइरहेको समयमा एक्ककासी बोली बन्द भएपछि तत्काल जापानको नेशनल डिफेन्स अस्पताल लगिएको थियो ।
अस्पतालले तत्काल मिृतक घोषणा गरेपनि किन र के कारणले मृत्यु भएको भन्नेबारे केहि बताएको छैन ।
निसी विद्याललयले पनि कटवालको मृत्यु भएको पुष्टि गर्दै के कारणले मृत्यु भएकोबारे केहि बताएको छैन ।