Published On:Monday, May 18, 2015
Posted by dadad

एमाले नेता नेपाललाई पितृशोक

काठमाडौँ, ५ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । 

उहाँका पिता मङ्गलकुमार उपाध्यायको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान ७ बजे निधन भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । 

उहाँ केही साताअघि अस्वस्थ भई पाटन अस्पतालमा उपचार गरी निवासमै आराम गरिरहनुभएको थियो । 

शिक्षासेवी र समाजसेवी उपाध्यायका धर्मदर्शन तथा व्याकरणसम्बन्धी चारवटा पुस्तक प्रकाशित छन् । उपाध्यायको आज अपराह्न १ः३० बजे शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

विसं १९७३ असोज २५ मा रौतहटको गौरमा जन्मनुभएका उपाध्यायका तीन छोरा र तीन छोरी हुनुहुन्छ । रासस 

0 comments for "एमाले नेता नेपाललाई पितृशोक"

Leave a reply

    Popular Posts

    Blog Archive