Published On:Saturday, April 18, 2015
Posted by dadad

समाजले कुरा काटिरहे, दिलकुमारी गाडी हाँकीरहिन(भिडियो सहित)


दिलकुमारीको दहे दिल, महिला र पुरुष भनेर काम छुट्टाईएको हुँदैन, 

माईक्रोमा भिडभाड छ । कोटेश्वरबाट कलंकीका लागि छुटेको फोर्स माईक्रो ववरमहल आईपुग्दा पुरै भरिसकेको थियो । सहयोगी भाई गाडीभित्र उभिएका यात्रुलाई पछाडी सार्दै थिए । 

म पनि चढे त्यही माईक्रोमा । पछाडी भन्दा अगाडी नै अलिकति खाली ठाउँ देखेर उभिएँ । यसो हेरेको गाडी चालक त महिला हुनुहुँदो रहेछ । अधवैंशे महिला गाडी चालक देखेपछि केही उत्सुकता जाग्यो र हामी खास वास्तविकता वुभ्mन थाल्यो । 

२०४६ सालमा विवाह गरेपछि काठमाण्डौ आउनुभएकी दिलकुमारी सधै नयाँ के काम गर्न सकिन्छ भन्ने सोचका साथ तल्लिन हुनुभयो । काठमाण्डौ छिरेको केही समय श्रीमान सहित विभिन्न ठाउँमा काम गर्नुभयो । तर उँहालाई त्यो कामले सन्तुष्टि मिलेन ।

त्यसपछि गाडी चलाउने सक्षम चालक वन्ने सोच जाग्यो र परिवारको सल्लाहमा उँहा २०५४ सालमा टेम्पो चालक वन्ने रहर पालेर टेम्पो सिक्न जानुभयो । गाउँ समाजले कानेखुसी गर्न थाले तर उँहाले आप्mनो यात्रालाई निरन्तरता दिनुभयो । अन्तत २०५९ सालमा उँहाको जीवनले नै नयाँ मोड पायो । त्यसपछिका दिनहरुमा उँहा कहिल्यै पछि फर्केर हेर्नुपरेन । 
नाम -दिलकुमारी प्रधान
ठेगाना -वालजोर सिन्धुली
जन्म- २०२५ साल असौज १ गते
रक्तसमुह -ओ पोजेटिभ
लाईसेन्स नं. -००६–७७१९६० 
अनुमती - मोटरसाईकल, स्कुटर, कार, जिप, डेलिभरी म्यान, टेम्पो, मिनीबस र मिनीट्रक
गाडी नं. बा.२ ख ९१२३

अत्यन्तै सतर्कताका साथ माईक्रो हाँकीरहनुभएकी दिलकुमारीको चेहरा हँसिलो मात्रै थिएन आत्मविश्वस र नेतृत्व गर्न सक्ने क्षमता पनि राम्रो रैछ । कुराकानीका क्रममा उँहाले आप्mनो जीवनको जान्दा देखीका हामीसंग भेट्दा सम्मका उतारचढावका कुरा सुनाउनुभयो । 
काठमाण्डौमा आप्mनै घरमा वस्दै आउनुभएकी दिलकुमारीको जिम्मा अहिले अरु ३ जनालाई पालन पोषण र २ छोरीको शिक्षा दिक्षाको छ । श्रीमान एउटा कम्पनीमा सामान्य काम गर्नुहुन्थ्यो कम्पनी वन्दभएपछि अहिले त्यसै घरमै वस्नुहुन्छ । 


गाडीको रप्mतार अगाडी बढिरहँदा उँहाले हामीलाई आप्mनै सफलताका कथा सुनाउँदै हुनुहुन्थ्यो र वसमा सवार यात्रुपनि चाख दिएर सुन्दै थिए । दिलकुमारी मन्द मुस्कानका साथ भन्दै हुनुहुन्थ्यो ः तिनपाँग्रे टेम्पो चलाउँछु भन्दा खिसिट्यूरी गर्ने छिमेकी र वाहिरका मान्छे अहिले ठूलो वस चलाउने हुँदा दंग पर्छन ।


महिला भएर घरभित्रको मात्रै काम गर्नुपर्छ भन्ने मानसिकताका कारण कति सिप, क्षमता र दक्षता भएर पनि घरभित्रै सिमित हुन पुगेका छन् । तर सानै देखी म अरुभन्दा केही फरक काम गरेर देखाउनुपर्छ भन्ने सोच राख्थेँ । समयमा राम्रो पढ्न सकिएन त्यही भएर मैले गर्न सक्ने काम गाडी चलाउँछु भनेर लागेँ र अहिले एक किसिमको सफलता पनि हात पारेको जस्तो लाग्छ । 
आफै सक्षम भए जीवनमा आत्मसम्मानका साथ वाच्न सकिन्छ भन्नुहुन्छ दिलकुमारी । 
उहाँले अहिलेसम्म धेरै महिला चालक उत्पादन गरिसक्नुभएको छ । सिक्न चाहनेहरुका लागि विभिन्न संघ संस्थाको सहयोगमा निशुल्क चालक वन्ने र स्वरोजगार हुने बाटो देखाउन लागिरहेको पनि हामीसंगको कुराकानीमा उहाँले वताउनुभयो । 

घरका वेला वेला उहाँलाई गाडी नचलाउन आग्रह गर्छन्, तर उँहाले खाली वस्न मन नलाग्ने बताउनुभयो । 
काठमाण्डौको गाडीको भिडभाडमा टेम्पो वाहेक कमै मात्र देखिने महिला चालक मध्येकी एक दिलकुमारी स्वतन्त्र मदजुर संघमा आवद्ध भएर महिला चालकको संख्या वढाउन र अधिकार प्रप्तिका लागि पनि अग्रसर हुनुहुन्छ । 
ववरमहलबाट सुरु भएको हाम्रो यात्राका क्रममा भन्ने मुखलाई कसैले छेक्न नसक्ने भन्दै आफु सधै उद्धेश्य केन्द्रीत कार्यमा लाग्यो भने सफल हुने आत्मविश्वास छ दिलकुमारीमा । 
रातपर्दा समस्या भएपनि अरु समयमा खासै समस्या नपर्ने उहाँले बताउनुभयो । कहिलेकाँही ट्रफिक प्रहरीले दुःख दिए पनि अहिलेसम्म ठूलो कार्वाही र दुख व्यहोर्नु नपरेको अनुभव उहाँले सुनाउनुभयो । 


ववरमहलबाट लाम्पाटीसम्मको हाम्रो यात्राका क्रममा दिलकुमारी दिदीले विगत देखी वर्तमानसम्मका कुरा सुनाउँदा कतै दुखेसो पोख्नु भएन बरु अप्ठ्यारो पर्दा कसरी सुल्झाउन सकिन्छ भन्ने सम्भावनामात्रै कोट्याउनुभयो । राजनीतिमा खासै चासो नदिने उँहालाई वेला वखत हुने गरेको हड्ताल, चक्काजाम जस्ता कुराहरु मन पर्दो रहेनछ । कुराकानीसंगै हाम्रो झर्ने स्थान आउँदा उहाँले सोध्नुभयो यो मेरे कुराकानी के मा आउँछ ? हामीले भन्यो धधध।लभउबष्mिबतय।अयm मा य ल यहाँ लेखिदिनुस त म घरमा हेर्छु नी । हाम्रो आग्रहलाई स्विकारर्दै दिलकुमारीले गाडी केहीवेर रोकेर फोटो खिच्न समय उपलब्ध गराउनुभयो । जसमा यात्रुले पनि पूर्ण साथ दिए । 


भाडा नदिएपनि हुन्छ भन्दै हुनुहुन्थ्यो चालक दिलकुमारी तर हामी सहयोगी भाईलाई ववरमहल देखी लाम्पाटीसम्मको भाडा दियौँ । त्यसपछि गाडी आप्mनै रप्mतारमा कंलकी तर्फ अगाडी बढ्यो । तर दिलकुमारी दिदीको चहकीलो र आशालाग्दो अनि हँसिलो मुहारसंगै यात्रुसंग गर्ने सुमधुर व्यवहार यो मानसपटलमा रहिरह्यो ।   

0 comments for "समाजले कुरा काटिरहे, दिलकुमारी गाडी हाँकीरहिन(भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive