Published On:Tuesday, April 21, 2015
Posted by my storry

एएफसी अण्डर–१४ फुटबल प्रतियोगितामा नेपालको गोलको वर्षा

वैशाख ८ गते ,
फोटो गोल नेपाल 
एएफसी अण्डर–१४ क्षेत्रीय छात्रा फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । 
आज भएको खेलमा माल्दिभ्स विरुद्ध १०–० गोलको शानदार जित आत्मसाथ गर्दै नेपालले दोस्रो जित दर्ता गराएको हो । 
दशरथ रंगशालामा भएको खेलमा एक पक्षिय भएको खेलमा नेपालका रेखा पौडेलले ६, ११ र १६ मिनटमा गोल गर्दै ह्याट्रिक गरिन । 
यसैविच आजै भएको अर्को खेलमा श्रीलंकाविरुद्ध ११ गोल गर्दै ईरानले पहिलो जित हात पारेको छ । 
श्रीलंकाले सान्तवना १ गोल फर्काएको थियो । 
यस्तै आजको पहिलो खेलमा भारत र श्रीलंकाविचको खेल वरावरीमा सकिएको छ । 
प्रतिस्प्रर्धामा निर्धारित समयसम्म दुवै समुहबाट १–१ गोल भएपछि खेल वरावरीमा सकिएको हो । 
२० औ मिनटमा गोल गर्दै श्रीलंकाले अग्रता लिएको थियो । त्यसको ५ मिनटमै भारतले गोल गर्दै खेललाई बरावरीमा पु¥यायो । 
प्रतियोगिताको समुह एमा आयोजक राष्ट्र नेपाल सहित इरान, माल्दिभस र श्रीलंका रहेका छन् ।
एसियाली फुटबल महासंघ एएफसीको आयोजमा जारी प्रतियोगितामा दक्षिण एसिया र मध्य एसियाका सात राष्ट्रले सहभागिता जनाएका छन् ।

0 comments for "एएफसी अण्डर–१४ फुटबल प्रतियोगितामा नेपालको गोलको वर्षा "

Leave a reply

    Popular Posts

    Blog Archive