Published On:Friday, May 1, 2015
Posted by dadad

सहकारी क्षेत्रले गर्यो प्रधानमन्त्री उद्धार कोषमा २५ लाख जम्मा

१८ वैशाख, काठमाडौं । सहकारी क्षेत्रले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विनाशकारी भुकम्पले प्रभावित भएकाहरुका लागि भन्दै राष्ट्रिय सहकारी संघले राहत रकम जम्मा गर्ने घोषणा गरेको हो । 

संघका अध्यक्ष केशव प्रसाद बडालको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि पीडितको उद्धारका लागि सहकारी क्षेत्रमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संघले वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धार तथा राहतमा संलग्न हुन सम्पूर्ण सहकारीकर्मीका साथै जनसमुदायमा आग्रह गरेको छ । 

केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिको आकस्मिक बैठकले आवश्यकता अनुसार अन्य सहयो पनि गर्ने बताएको छ ।

बैठकले विनाशकारी भूकम्पबाट पीडितको उद्धारका लागि केन्द्र स्तरमा राष्ट्रिय सहकारी संघ र जिल्लास्तरमा जिल्ला सहकारी संघका प्रतिनिधिलाई सहभागी गराई यस क्षेत्रको प्रतिनिधित्वका लागि अनुरोध समेत गरेको छ । 

संघले अन्तर्राष्ट्रिय सहकारी महासंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थाद्वारा सहयोग गर्ने बचन बद्धता प्रति समेत धन्यवाद दिएको छ ।

0 comments for "सहकारी क्षेत्रले गर्यो प्रधानमन्त्री उद्धार कोषमा २५ लाख जम्मा"

Leave a reply

    Popular Posts

    Blog Archive