Published On:Thursday, October 30, 2014
Posted by dadad

माइक्रोसफ्ट कम्पनीले किन गर्यो तीन हजार कर्मचारी कटौती

एजेन्सी – सफ्टवेयरको विख्यात कम्पनी माइक्रोसफ्टले तीन हजार कर्मचारी कटौती गरेको छ । गत जुलाई महिनामा कम्पनीले १८ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । कर्मचारी कटौती गर्ने युनिटमा सबैभन्दा बढी नोकिया युनिटको थियो ।

 मोवाइल उत्पादक कम्पनी नोकियालाई माइक्रोसफ्टले केही समयअघि मात्रै खरिद गरेको थियो । केही समयअघि माइक्रोसफ्टको नाफामा व्यापक कटौती भएको खबर आएको थियो । नाफामा कटौती भएको खबर आएको एक साता नवित्दै कम्पनीले तत्कालका लागि तीन हजार कर्मचारी कटौती गरेको जानकारी दिएको थियो । बिहीबार कटौती भएका कामदार विश्वभरबाट रहेको माइक्रोसफ्टको भनाई छ । 

कर्मचारी कटौती गरेपछि पत्रकारसँग कुरानकानी गर्दै माइक्रोसफ्टका प्रबक्ताले जुलाई महिनामा भएको निर्णयबमोजिम पहिलो चरणमा तीन हजार कर्मचारी कटौती गरेको बताएका छन् । साथै उनले एक विभागको मात्र नभएर विभिन्न देशमा रहेका विभिन्न विभागबाट तीन हजार कर्मचारी कटौती गरेको जानकारी दिएका छन् । कटौती भएका कर्मचारीमध्ये ६ सय ३८ जना कर्मचारी वासिङ्टन गृहनगर भएको बताइएको छ । आजको आर्थिक दैनिकमा खबर छ । 

0 comments for "माइक्रोसफ्ट कम्पनीले किन गर्यो तीन हजार कर्मचारी कटौती "

Leave a reply

    Popular Posts

    Blog Archive