Published On:Wednesday, October 29, 2014
Posted by dadad
सेतो गुम्बामा सर्वसाधारणलाई किन गरियो रोक ?
१२ कार्तिक, काठमाडौं । वास्तविक नाम डुक अभिताभ माउन्टेन रहेको राजधानीको सेतो गुम्भामा सर्वसाधारणका लागि प्रवेशमा रोक लगाइएको छ ।
गुम्बाका भिक्षु भिक्षुणीहरु वार्षिक पदयात्रामा जाने काराण देखाउँदै गुम्बाले यहि कार्तिक १० गतेदेखि प्रवेश निशेध गरेको हो हो ।
गुम्बामा जारी गरिएको सुचनामा भनिएको छ,‘ गुम्बाका भिक्षु तथा भिक्षुनीहरु वार्षिक पदयात्रामा जानुहुने भएको हुँदा यही मिति कात्तिक १० गतेदेखि अर्को सूचना जारी नभएसम्मको ल्ऽागि यस गुम्बा बन्द रहने जानकारी गराउँदछौं ।’
सधैँ खुल्ला रहने गरेको गुम्बा साउनदेखि हप्ताको एक दिन मात्रै सर्वसाधारणका लागि खुल्ला गएिको थियो । गुम्बा घुम्न जानेको भिडका नित्य पूजा, मोलम, ध्यान, उनीहरुको अध्ययन–अध्यापनमा कठिनाइ उत्पन्न भएपछि गुम्बाले गत साउन शनिबार प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।