Published On:Sunday, October 26, 2014
Posted by dadad
छात्राबासका लागि लापामा देउसी
गजुरी (धादिङ), १० कात्तिक । उत्तरी धादिङको लापा गाविसमा रहेको कपुर गाउँवासीले विद्यालयको छात्राबास बनाउनका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन् ।
तिम्ला निमावि लापामा बन्न लागेको छात्राबासका लागि स्थानीयवासीले देउसीभैलो खेलेर रकम सङ्कलन गरेका हुन् ।
तिम्ला निमाविका प्रधानाध्यापक बमबहादुर तामाङका अनुसार देउसीभैलो खेलेर रु ४१ हजार ७७० सङ्कलन गरिएको छ । फ्या फुल्ला महिला समूह, नमस्ने ग्रामीण विकास समाज र तिम्ला निमाविले विद्यालयमा बन्न लागेको छात्राबासको सहयोगार्थ देउसी खेलेको हो ।
हिमालयन हेल्थ केयरले करिब रु १५ लाख उपलब्ध गराउने भएपछि विद्यालय परिसरमा बन्न लागेको छात्राबास निर्माणका लागि स्थानीय करिब ३०० घरले कम्तीमा पाँच दिन श्रमसमेत गरी सो भवन निर्माण पूरा गर्नेछन् । छात्राबास निर्माणपछि १०० जना छात्रछात्रालाई आवासीय सुविधा दिनसक्ने व्यवस्था मिलाइने पनि प्रधानाध्यापक तामाङले बताए । रासस