Published On:Sunday, October 26, 2014
Posted by Tekman Shakya
लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पुरा
काठमाडौं, ९ कार्तिक । विश्व शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मस्थलको एकीकृत विकास गर्ने उद्देश्यले तयार गर्न लागिएको लुम्बिनी विकास गुरुयोजनाको ८० प्रतिशत काम पुरा भएको छ ।
गुरुयोजनाले उल्लेख गरेअनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोण्ड, सङ्ग्रहालयलगायतका संरचनाको काम पूरा भएकाले आगामी पाँच वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ ।
पाँच वर्षभित्र काम पूरा गर्न कोषले सरकारसमक्ष पाँच वर्षभित्र आर्थिक वर्ष २०७१/७२ मा रु एक अर्बदेखि डेढ अर्ब, २०७२/७३ मा रु दुई अर्बदेखि अढाइ अर्ब, २०७३/७४ मा रु चार अर्बदेखि पाँच अर्ब र २०७४/७५ सातदेखि आठ अर्बसम्म रकम माग गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्बो शेर्पाले बताए ।
उहाँले कोषले माग गरेअनुसार सरकारले रकम विनियोजन गर्दै गए पाँच वर्षभित्र गुरुयोजना पूरा गर्न कुनै समस्या नआउने बताउनुभयो । ८० प्रतिशत गुरुयोजना पूरा गर्नका लागि झन्डै रु साढे चार अर्ब लगानी भएको छ ।
यससँगै लुम्बिनी जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ ।
पछिल्ला वर्षमा लुम्बिनी गुरुयोजनाका महत्वपूर्ण संरचनाको निर्माण कार्य
धमाधम हुन थालेको लुम्बिनी विकास कोषका उपाध्यक्ष शेर्पाले बताए ।
चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणको काम करिब सकिएका छन् ।
पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएको छ ।
केही समयभित्रै यसको निर्माण कार्य पूरा हुनेछ । पोखरीको डिलमा बनेको परिक्रमा पथमा इँटा छाप्ने काम पनि पूरा भएको छ ।
पवित्र उद्यान क्षेत्रभित्र करिब रु ७० लाखको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ ।
शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी र त्यसको छेउमा आकर्षक मिनी पर्यटक सूचना केन्द्र बन्दैछ । यसलाई सिम्बोलिक पेभिलियन नाम दिइएको छ ।
आगामी नौ महिनाभित्र संरचनाको काम पूरा हुने गरी काम अगाडि बढेको कोषका सदस्य सचिव अजितमान तामाङले बताए ।
गुरुयोजना क्षेत्रभित्र नौवटा द्वारमा आधुनिक सुरक्षा पोष्टहरुको निर्माण कार्यसमेत सुरु भएको छ । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य करिब पूरा भएको छ ।
जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले सन् १९७८ मा बनाएको
लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारले लुम्बिनी विकास कोषमार्फत काम गरिरहेको छ ।
लुम्बिनी विकास कोषको स्थापना भएको २८ वर्ष पूरा भएको छ । कोषमार्फत खर्च भएको रु तीन अर्र्ब ७३ करोड ५७ लाखमध्ये आधा रकम अन्तर्राष्ट्रिय दातृ निकाय र मित्र राष्ट्रहरुले लगानी गरेका छन् । लुम्बिनी गुरुयोजना पूरा गर्न अझै रु पाँच अर्ब खर्च लाग्ने अनुमान लुम्बिनी विकास कोषको छ ।
लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय संस्थाहरु एसियाली विकास बैंक, कोरियाली सहयोग संस्था (कोइका), विश्व वन्यजन्तु कोष, युनेस्को, युएनडिपीलगायतका दातृ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको चर्चा बढ्दै गएको र वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको भन्दै सरकारले लुम्बिनीमा शान्ति सहर निर्माणका लागि कोइकामार्फत कोरियन प्रोफेसर क्वाकलाई गुरुयोजना बनाउने जिम्मा दिइएको छ । रासस