Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya

जनविरोधी संविधानको तयारीः गजुरेल


भक्तपुर, ११ कात्तिक । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले दलहरुले माघ ८ भित्र जनविरोधी संंविधान जारी गर्ने तयारी गरेको आरोप लगाउनुभएको छ ।

नेकपा–माओवादी भक्तपुर जिल्ला कमिटीले आज सूर्यविनायकमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो संविधानलाई एमाओवादी र मधेसवादी दलले माने पनि आफ्नो पार्टीले नमान्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान माघ ८ गते आउँछ भन्दै तीन दलले जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्, माघ ८ गतेको आश अब नगरे हुन्छ, यस्तो नाटकले संविधान बन्दैन ।”

देश विकासका लागि नयाँ आन्दोलनको आवश्यकता रहेको बताउँदै उहाँले शान्तिपूर्ण वार्ताबाट निकास ननिकालिए आफूहरु आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

उहाँले देशको आदर्श र सपना ध्वस्त पार्दै नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाउनुभयो । रासस

0 comments for "जनविरोधी संविधानको तयारीः गजुरेल"

Leave a reply

    Popular Posts

    Blog Archive