Published On:Tuesday, October 28, 2014
Posted by dadad

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक

११ कार्तिक, काठमाडौँ । मित्रराष्ट्र चीनका उद्योगी तथा व्यवसायीले नेपालमा लगानी गर्न लगानी सुरक्षित वातावरण बनाइदिन आग्रह गरेका छन् । 
उद्योगमन्त्री महेश बस्नेत, सहसचिव यमकुमारी खतिवडा लगायतसँग उद्योग मन्त्रालयमा मंगलबार भएको छलफलमा उनीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । 
छलफलमा मन्त्री बस्नेतले मुलुकमा विदेशी लगानी भित्र्याएर औद्योगिक गतिविधि फैलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक लगानी प्रवद्र्धनका लागि अहिले नयाँ विधेयक निर्माणको क्रममा रहेको, त्यसमा कृषि, पर्यटन, ऊर्जा, खनिजजन्य पदार्थलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
विदेशी लगानीकर्तालाई निर्धक्क भई लगानी गर्न आग्रह गर्दै विदेशी लगानीलाई राष्ट्रियकरण नगरिने नीति रहेको र तिनको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए । लि टेककिनको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलले पर्यटन तथा विद्युतीय क्षेत्रमा लगानी गर्न चाहेको जानकारी दिएका थिए । रासस

0 comments for "नेपालमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक"

Leave a reply

    Popular Posts

    Blog Archive